Close This

सर्लाहीमा करिब २ लाखले लगाए कोरोना विरुद्धको खोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१३ गते   २९ पटक हेरिएको

सर्लाहीमा हाल सम्म ६ हजार १ सय ४० जनाले पिसिआर र एन्टिजेन परिक्षण गरेका छन् । जिल्लामा ४ हजार २ सय ८४ जनाले पिसिआर र १ हजार ८ सय ५६ जनाले एन्टिजेन परिक्षण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्लामा २ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएकोमा २ हजार ७ सय ९३ जना निकोभई सकेका छन् भने ३ जना हाल सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी जिल्लाभरमा ८८ जनाको ज्यान गएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १ लाख ७२ हजार १ सय ६४ जनाले कोरोना विरुद्धको खोपको पुरा मात्रा लगाएका छन् । जसमा कोभिसिल्ड र एस्ट्राजेनिका गरी ५९ हजार ५ सय ३ जनाले,भेरोसेल ६४ हजार २ सय ३६ जनाले र जोन्सन एण्ड जोन्सन ४८ हजार ४ सय २५ जनाले लगाएका छन् । एस्ट्राजेनिकाको पहिलो डोज खोप १० हजार ६ सय ३५ जनाले खोप लगाएका छन् । 
जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा ५४ हजार ४ सय १८ डोज भेरोसेल खोप मौज्दात रहेको छ । जसमा जिल्लाका विभिन्न स्थानिय निकायहरुमा आज(बिहीबार) र १६ गते शनिबारबाट दुई चरणमा गरी भेरोसेल खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ ।
भारतसंग खुल्ला सिमाना जोडिएको र निषेधाज्ञाको समयमा पनि चाहेर पनि नेपाल भारत आवज जावतमा गर्ने कार्यलाई रोक्न नसकिएका कारण पनि जिल्लामा कोरोना संक्रमण दर सोचे भन्दा बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाका नागरिकहरुमा नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्डहरुको पालनामा कमि आउनुले पनि कोरोना संक्रमणको दर तुलनात्मक हिसावले बढी रहेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech