नेकपा(एमाले)निकट प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पुनः अच्यूतम सापकोटा चयन भएका छन् । बुधबार(आज)हरिवनमा सम्पन्न प्रेस चौतारी नेपाल सर्लाहीको सातौं जिल्ला अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । समितिमा मधु कटुवाल र रीना आले उपाध्यक्ष, राजु लो सचिव, आरती सेन्चुरी कोषाध्यक्ष, सन्देश अधिकारी र राजु मण्डल सहसचिव लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
अधिवेशनमा नेकपा(एमाले)मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्त, एमाले सर्लाहीका सह सचिव विदुर कुमार प्याकुरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य फणि महत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।