धादिङको थाक्रे गाउँपालिकाले अनुदानमा वितरण गरेको मकै नफलेपछि किसानहरु समस्यामा परको छन्।थाक्रे गाउपालिका ६ रानीबारीका किसानहरुलाई थाक्रे गाउँपालिकाले अनुदानको नाममा गुणस्तरहिन मकैको बिऊ वितरण गरेपछि राम्रो उत्पादन गर्ने अपेक्षा सहित मकै खेती गरेका थाक्रे गाउपालिका ६ रानीबारीका किसानहरु मकैमा दाना नलागेपछि चिन्तित देखिएका हुन ।
थाक्रे गाउँपालिका ६ स्थित रहेको वाग्ले एग्रोभेटले गाउँपालिकालाई उपलब्ध गराएको मकैको बिऊमा दाना नलागेको पाइएको हो। वाग्ले एग्रोभेटबाट गाउँपालिकाले किनेर थाक्रे गाउँपालिका ६ रानीवारीका किसानहरुलाई उन्नत जातको मकै भन्दै ५० प्रतिशत अनुदानमा मकैको बिऊ वितरण गरेको थियो ।
बिरुवा उम्रिएर राम्रैसँग हुर्किए पनि दाना लाग्ने बेला घोगा नै कुहिएर गन्हाउन थालेपछि थाक्रे गाउँपालिका ६ रानीवारीका किसानहरु चिन्तामा परेका छन्।मकै पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने गरेका यस क्षेत्रका किसानहरुले अहिले आफैले समेत मकै चाख्न नपाएको गुनासो गरेका छन् ।
मकैको बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसानहरु बारीमा जान नसक्ने अवस्था रहेको थाक्रे गाउँपालिका ६ रानीवारिका किसानहरुले बताएका छन्।थाक्रे गाउँपालिका ६ को बजेटमा पालिकाको कृषि शाखाले वितरण गरेको मकैको बीउ किसानहरुले बारीमा लगाएका थिए ।बिरुवा हुर्कदासम्म राम्रै देखिएको भएपनि बोटले सुत्ला च्याप्दा सेतो जुगाँ निस्कियो र घोगामा जब दाना लाग्न थाल्यो बोट कुहिन थाल्यो।घोगा नै कुहिन थाल्यो ।केही दिनमा बोटै सुक्न थाल्यो ।थाक्रे गाउँपालिका ६ रानीवारिका किसान हरि थापाले बताए ।
सिपी ८०८ जातको मकैको बिऊ थाक्रे गाउँपालिकाले अनुदानमा किसानहरुलाई उपलब्ध गराएको थियो तर अहिले मकैको बोटमै घोगा कुहिन थालेको छ।बारीमा जाँदा ढोड र मकैको घोगा कुहिएर जान समेत नसक्ने अवस्था रहेको उनको भनाई छ ।
थाक्रे गाउँपालिका ६ स्थित रहेको वाग्ले एग्रोभेटले रु दुई हजार तीन सय प्रतिकिलोमा मकैको बिऊ खरिद गरेको र गाउँपालिकाले रु पाँच हजार छ सय प्रतिकिलोमा खरिद गरेको बताउँदै किसानहरुलाई अनुदानको बाहनामा झुक्याएको समेत पाइएको छ।थाक्रे गाउँपालिका ६ रानीवारिका करिब ६० जना किसानहरुले लगाएको सिपी ८०८ जातको मकैको बिऊमा समस्या देखिएको हो ।
थाक्रे गाउँपालिकाको वार्षिक कार्यक्रममा थाक्रे गाउँपालिका ६ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने कार्यक्रम राखेको र वर्णशंकर (सिपी ८०८) जातको मकैको बिउ बाँढेको थाक्रे गाउँपालिका ६ का वडा अध्यक्ष हिरा बहादुर थापाले बताए ।उनले कृषि शाखामार्फत बिउ खरिद तथा वितरण गर्ने काम भएको र अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेको बताए।यसवर्ष थाक्रे गाउँपालिका ६ ले एक हजार दुई सय ३० किलोग्राम मकैको बिउ वितरण गरेकोमा तीन सय २० किलो बिउमा समस्या देखा परेको गाउँपालिकाको कृषि शाखा प्रमुख सौगात थापाले बताए ।
उनले मकैको बिउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको बताए।बिउका खराबीको कारण भए किसानहरुले क्षतिपूर्ति पाउने व्यवस्था छ ।यता,धादिङको थाक्रे गाउँपालिकाका ६ स्थित रहेको वाग्ले एग्रोभेटका सञ्चालक राम शरण वाग्लेले वीरगन्ज सहित काठमाण्डौँबाट समेत मकै लगेर बेचेका पाइएको छ भने बिउ सप्लार्यस कम्पनी कर्मा सिडसंग ल्याएको मकैको बिऊमै समस्या देखिएको भन्ने कुनै प्रमाण गाउँपालिकासंग छैन् ।साथै वाग्लेले आफुले किसानहरुलाई दिएको करिब एक हजार चार सय किलो मकैको बिऊमा ६० जना किसानहरुको मात्रै समस्या आउनुले बिऊमा खासै समस्या नरहेको समेत बताए ।
यता,चर्काे कमिसनमा किसानलाई अनुदानमा भन्दै दोब्ब्र मुल्य असुलेर बिक्रि गरिएको मकै उत्पादन नभएपछि किसानहरुले आफुहरुलाई क्षेतीपुर्ति दिनुपर्ने भन्दै गाउँपालिकासंग माग गरेपछि कमिसन नपच्ने भएपछि गाउँपालिकाका जनप्रतिनिधिहरु बिऊ उत्पादक तथा सप्लायर्स कम्पनीहरुबाट क्षेतिपुर्ति असुल्ने र आफुहरु जोगिने दाउमा लागेका पाइएको छ ।