सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.का पुर्व अध्यक्ष एवम सञ्चालक समिति पदेन सदस्य तथा हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा सरकारी संस्था लि.का अध्यक्ष विरुद्ध सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।“सर्लाहीको हरिवन नगरपालिका ८ घर भई हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.का पुर्व अध्यक्ष एवम सञ्चालक समिति पदेन सदस्य तथा हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा सरकारी संस्था लि.का अध्यक्षका बाबुराम घिमिरेले राज्यको राजश्वमा हानी नोक्सानी(करछली)कृते लेखापरिक्षण,अवैधानिक कर्जा देखाई आर्थिक अपचलन,हिसाब मसौट,शेयर सदस्य रकम हिनामिना साथै सहकारी ठगी गरेका र अकृत सम्पती आर्जन गरेका भन्दै आवश्यक छानविन गरी” हदै सम्मको कार्बाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ साउन ८ गते उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।
२०८१ साउन २० गतेमा दर्ता नम्बर ४ सय ३२ भएको उजुरीमा “हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.बाट सगुन शिक्षा सहकारी संस्था लि.मा शेयर सदस्यहरुको वोनश रकम संस्थाको कोषमा राखि अवैधानिक रुपमा करिब रु दुई करोड हिसाब सारेको तीन हजार दुई सय जना शेयर सदस्य थप देखाएर (२०७४।१०।११)मा करछली रकम रु १० लाख,हरिवन नगरपालिका ९ नोचा स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लि.को भवन निर्माण गर्ने ठेकेदारको ज्याला र विलजिलक नभई निर्माण समितिको समेत एक मुष्ट लाग्ने राजश्व कर अन्दाजी रु ५५ लाख, र हरिवन नगरपालिका ९ नोचा स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लि.को नाममा १–१५–० जमिन मनका श्रेष्ठ(राजभण्डारी)बाट जग्गा खरिद गर्दा (२०७२।०७३) कम मोल (थैली)देखाई कर छली गरी जग्गा खरिद रकम बढी देखाएको र अन्दाजी करछली रकम रु दुई लाख गरी राज्यको कुल कर छली रकम अन्दाजी रु ६७ लाख रहेको”भनिएको छ ।
त्यसैगरी “६१ लाख ७८ हजार पाँच सय र यसको हर्जना(विगो बराबर)को समेत गरी रु एक करोड २३ लाख ५७ हजार बेरुजु रकम असुल उपर गर्नुपर्ने नगद तरलता लेखापरिक्षणमा उल्लेख गरिएको भन्दै हरिवन नगरपालिका ९ नोचा स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लि.को छानविन तथा सुझाब समितिको प्रमाणित प्रतिवेदन र हरिवन नगरपालिका ९ नोचा स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लि.को १० औँ वार्षिक साधारण सभामा पेश गरिएको आर्थिक विवरण समेत खुलाईएको प्रमाणित प्रतिवेदन”सवुत प्रमाणहरु समेत समावेश गरी निवेदन परेको आयोग स्रोतले जनाएको छ ।
“घिमिरेले संस्थाको पदको दुरुपयोग गरि राज्यको राजश्वमा हानी नोक्सानी(करछली)कृते लेखापरिक्षण,अवैधानिक कर्जा देखाई आर्थिक अपचलन,हिसाब मसौट,शेयर सदस्य रकम हिनामिना गरेका साथै अकुत सम्पती आर्जन गरेका साथै छानविन तथा सुझाब समितिले पेशगरीे र १० औँ वार्षिक साधारण सभाले अनुमोदन गरेको कुरा हाल सम्म पनि हिसाब फर्साैट नगरेका,राज्यलाई झुक्याई कर छली गरी कर नबुझाएका कारण निज उपर छानविन गरि अकुत सम्पती कमाएको,सिन्धुली कमलामाई नगरपालिका स्थित भिमान बस्ने घिमिरेका फुपुका छोरा र घिमिरेकी वहिनी विद्या घिमिरे(खतिवडा) लगायत अन्य मानिसहरुको नाममा घिमिरेले जग्गा जमिन राखी(कारोबार गरी)प्लटिङ गरी भ्रष्टाचार गरेको रकम लुकाएकाले उनीहरुसंगै खुलाई त्यसतर्फ समेत हदै सम्मको कार्बाही गरी पाउँ”भन्दै अख्तियारमा उजुरी परेको पाइएको छ ।यस अघि गठन भएको छानविन समितिले पटक पटक अध्यक्ष घिमिरेलाई समय सिमा दिँदै समस्या देखिएका ठाउँहरु र विषयहरुको समाधान गर्न समय सिमा दिएको थियो ।तर अध्यक्ष घिमिरेले अटेर गर्दै समस्या समाधान नगरेका पाइएको हो ।