लालबन्दी ६ को वन अतिक्रमित क्षेत्र खाली गर्न वन कार्यालयको अनुरोध

356 Shares

सर्लाहीको लालबन्दी ६ क्षेत्रमा भएको वन अतिक्रमण हटाउन सव डिभिजन वन कार्यालय लालबन्दी तातेको छ।लालबन्दी ६ स्थित सव डिभिजन वन कार्यालय लालबन्दी नजिकैको राष्ट्रिय वन क्षेत्रमा केहि मानिसहरुले वन ऐन तथा नियमावली विपरित अनियमित रुपमा वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रको जग्गा खनजोत गर्नुका साथै विभिन्न पशु चौपायाहरु राख्ने गरेका पाइएपछि सो क्षेत्र खाली गराउन भन्दै सव डिभिजन वन कार्यालय लालबन्दीले सात दिने सूचना नै जारी गरेको छ ।
“सव डिभिजन वन कार्यालय लालबन्दी नजिकैको राष्ट्रिय वन क्षेत्रमा केहि मानिसहरुले वन ऐन तथा नियमावली विपरित अनियमित रुपमा वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रको जग्गा खनजोत गर्नुका साथै विभिन्न पशु चौपायाहरु राख्ने/बाँध्ने गरेको देखिन आएकोले यो सूचना टाँस भएको मितिले सात दिन भित्र खनजोत गरि लगाईएको बाली तथा त्यहाँ राखिएका/बाँधिएका विभिन्न पशु चौपायाहरु हटाई लैजान हुन तथा सो अवधिमा खनजोत गरि लगाईएको बाली तथा त्यहाँ राखिएका/बाँधिएका विभिन्न पशु चौपायाहरु नहटाई अटेर गरेमा लगाईएको बाली तथा त्यहाँ राखिएका/बाँधिएका विभिन्न पशु चौपायांहरु जफत गरी सो कार्यमा संलग्न व्यक्तिहरुलाई संघिय वन ऐन,२०७६ को दफा ४९ को उपदफा (ग) बमोजिमको कसुरमा सोहि ऐनको दफा ५० को उपदफा (३)बमोजिम सजाय हुने व्यहोरा समेत जानकारीको लागि यो सूचना जारी गरिन्छ।साथै वन,वन क्षेत्र तथा वातावरण संरक्षणको कार्यमा सहयोग गरी दिन जनप्रतिनिधि, नागरिक समाज, राजनैतिक दल तथा सबै सरोकारवालाहरुसंग सव डिभिजन वन कार्यालय लालबन्दीले अनुरोध समेत गरेको छ ।”कात्तिक २६ गते सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सागर बस्यालले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ।पछिल्लो समय राष्ट्रिय वन दिन प्रतिदिन अतिक्रमणको चपेटामा परी रहेको अवस्थामा सव डिभिजन वन कार्यालय लालबन्दी तातेको हो ।

सम्बन्धित समाचार