Close This

डिआईजी सिंहको यात्रा सर्लाही

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१७ गते   १२२१ पटक हेरिएको

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) धिरज प्रताप सिंहले लक डाउन र सर्लाहीको अवस्थाको बारेमा स्थलगत अनुगमण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)सिंहले कोरोना भाइरसको माहामारी नियन्त्रणमा नेपाल प्रहरीले सर्लाहीमा गर्दै आएको काम कारवाही लगायत विभिन्न विषयमा जानकारी लिनुभएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । 
बुधवार सर्लाही आउनुभएका प्रहरी नायव महानिरीक्षक(डिआईजी) सिंहले आफ्ना मातहतका प्रहरी युनिटको बारेमा जानकारी लिनुका साथै जिल्लाको सुरक्षा निकायका प्रमुखहरुसंग भेटघाट समेत गर्नुभएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech