सर्लाहीमा ६० किलो गाँजासहित दुई जना पक्राउ

202 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२ स्थित धर्मपुर टोलको काठिपुल क्षेत्रबाट दुई जना सहित ६० किलो लागु औषध गाँजा बरामद् भएको छ।सर्लाहीको हरिवनबाट नाडिमन तालतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा उत्त अटोमा अन्दाजी ६० किलोग्राम गाँजा बरामद् भएको र दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार अनुसार ब्रम्हपुरी गाउँपालिका–२ स्थित धर्मपुर टोलको काठिपुल क्षेत्रमा नियमित गस्तीका क्रममा मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो जाँच गर्दा अन्दाजी ६० लागु औषध गाँजा फेला परेपछि अटो र गाँजासहित अटोका चालक तथा यात्रु सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी बस्ने अन्दाजी ३५ वर्षीय थिर विक्रम रायमाझी र सोही स्थानका अन्दाजी ३५ वर्षीय प्रदीप मगरलाई नियन्त्रणमा लिइएको पाइएको छ ।

सम्बन्धित समाचार