संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
उखु किसानलाई सातदिन भित्र भुक्तानीको व्यवस्था मिलाइ सोको विवरण समितिमा उलब्ध गराउन समितिका सभापति विमलप्रसाद श्रीवास्तवले निर्देशन दिनु भयो ।
यस्तै समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरुले पाउनुपर्ने सुविधा, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन् सोको आवश्यक छानविन गरी आवश्यक कारबाही समेत गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्न समेत सभापति श्रीवास्तवले निर्देशन दिनुभयो ।अनलाइनखबरबाट