नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश सभा(ख) क्षेत्रीय प्रतिनिधिको रुपमा तीनपाटन गाउँपालिका–११ का उद्धव प्रसाद अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।१५ औँ महाधिवेशनका लागि जारी क्षेत्रीय अधिवेशनलाई लक्षित गर्दै युवा नेता अधिकारीले नेपाली कांग्रेसले पनि युवालाई स्थान दिन्छ वा नेपाली कांग्रेसमा पनि युवाहरु छन् भन्ने आभाष दिलाउन उम्मेदवारी घोषणा गरेको दाबी गरेका छन् ।
विभिन्न तह र तप्काको नेतृत्व सम्हाली सकेका अधिकारीले आफू सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश सभा(ख) क्षेत्रीय प्रतिनिधि बने आफ्नो क्षेत्रका हरेक वडा तहबाटै पार्टी संगठनलाई बलियो बनाउने बताएका छन्।वडा र क्षेत्रीय समितिबीच प्रभावकारी समन्वय गर्दै वडाका समस्या,सुझाव तथा आवश्यकतालाई क्षेत्रीय तहसम्म पु¥याउने र क्षेत्रका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा लैजाने उनको योजना छ।
अधिकारीले कांग्रेस संगठनलाई परम्परागत शैलीमा मात्रै नभई प्रविधिमैत्री ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।पार्टीका सूचना तथा गतिविधिलाई छिटो,व्यवस्थित र पारदर्शी रूपमा कार्यकर्तासम्म पु¥याउने उनको प्रस्ताव छ।पुरानो पुस्ताको योगदानको सम्मान गर्दै युवाको ऊर्जा र सक्रियतालाई संगठनमा जोड्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।सक्रिय तथा योग्य कार्यकर्ताको योगदानको उचित मूल्यांकन गर्ने परिपाटी विकास गर्नुपर्ने उनको धारणा छ।
गुट–उपगुटभन्दा माथि उठेर सबैलाई समेट्ने र एकताबद्ध संगठन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै अधिकारीले भनेका छन्।“पदका लागि होइन,संगठन निर्माणका लागि जिम्मेवारी लिन चाहेको हुँ।”क्षेत्रीय प्रतिनिधि पदमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न उनले वडा सभापति तथा सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश सभा(ख) क्षेत्रीय प्रतिनिधिहरूसँग मत,आशीर्वाद र सहयोगको आग्रह गरेका छन्।