लालबन्दीमा बस र एम्बुलेन्स ठोक्किँदा एक जना घाइते

302 Shares

पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा यात्रु बाहक बस र एम्बुलेन्स एक आपसमा ठोक्किँदा एक जना सामान्य घाइते भएका छन।पूर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका ६ मा ना ३ ख ९४६६ नम्बरको यात्रुबाहक र प्रदेश २–०३–००१ झ ००५७ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किदा एम्बुलेन्सका चालक रौतहटको बिन्दाबन नगरपालिका ७ का अन्दाजी ३५ वर्षीय पिङ्कु प्रसाद पाल सामान्य घाईते भएका  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार रानीगञ्जबाट लालबन्दीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको एम्बुलेन्स एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।दुर्घटनामा संग्लग्न एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित समाचार