सर्लाहीका विभिन्न छ वटा सामुदायिक वन उपभोत्ता समुहहरुमा वन डढेलो संजाल र अग्नि नियन्त्रण समिति गठन गरिएको छ।डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको विशेष पहल र लखन्देही जलाधार संरक्षणको आयोजनामा सर्लाहीका विभिन्न छ वटा सामुदायिक वन उपभोत्ता समुहहरुमा वन डढेलो संजाल र अग्नि नियन्त्रण समिति गठन गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्तोष झाले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका ११ स्थित रहेको बाहुनीदेवी सामुदायिक वन उपभोत्ता समुह,लालबन्दी नगरपालिका १३ स्थित रहेको नविन पञ्चकन्या सामुदायिक वन उपभोत्ता समुह,लालबन्दी नगरपालिका १४ को नमोसाङ्गे सामुदायिक वन उपभोत्ता समुह, लालबन्दी नगरपालिका १५ को पारिजात सामुदायिक वन उपभोत्ता समुह,लालबन्दी नगरपालिका १२ को लखनदेही सामुदायिक वन उपभोत्ता समुह र लालबन्दी नगरपालिका १५ को ब्रम्हस्थान सामुदायिक वन उपभोत्ता समुहमा १० देखि १५ जनाका दरले रहने गरी वन डढेलो संजाल र अग्नि नियन्त्रण समिति गठन गरिएको हो।गठन भएका समितिहरुलाई अग्नी नियन्त्रण सामाग्रीहरुका साथै वस्ती नजिकै ड्रेन खनेर वन जंगलमा आगलागी भएमा बस्तीमा नपसोस भनेर रोक्ने काममा पनि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले काम गरि रहेको कार्यालयका वन अधिकृत हिरोहित चौधरीले बताए ।

हरेक वर्ष वन जंगलमा डढेलो लाग्दा वन पैदावार र वन सम्पदाको क्षेती हुनुका साथै वन्यजन्तुको वासस्थान विनाश हुने गरेका कारण वन्यजन्तुहरु पछिल्लो समय गाउँ बस्तीमा पस्ने गरेका घटनाहरुलाई मध्य नजर गर्दै वनमा आगो लाग्न नदिँदा वन्यजन्तुले गाउँ बस्तीमा नपस्ने र बालीनाली तथा मानविय क्षेती नहुने हुँदा त्यसतर्फ ध्यान दिन जरुरी रहेको जानकारहरु बताउँछन् ।