“जेन जी”पुस्ताको आन्दोलनको क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका १ च्याकुटारका अन्दाजी २६ वर्षीय रोशन न्यौपाने र अर्र्का नविन तामाङको ज्यान गएको छ।“जेन जी”पुस्ताले सोमबारबाट आयोजना गरेको आन्दोलनमा सहभागी भएका त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनरत न्यौपाने र अर्का तामाङ सहित मदन कार्की प्रहरीको गोली लागेर घाइते भएका थिए ।
घाईते भएका तीन जना मध्य न्यौपाने र तामाङको मृत्यु भएपछि परिवार मात्र होइन नभई सिंगो गाउँ नै शोकमा डुबेको गोलन्जोर गाउँपालिकाका उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए । उच्च शिक्षाका लागि काठमाडौं बसिरहेका न्यौपान आन्दोलनमा सहभागी हुँदा बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर सदाका लागि अस्ताएपछि शिक्षण पेशामा संलग्न उनका बुबा उमेश न्यौपाने देखि लिएर सम्पूर्ण परिवार र आफन्तजन एकाएक शोक सागरमा डुबेका छन् ।
आन्दोलनमा सहपाठीलाई गुमाउनु परेको खबरले विद्यार्थी समुदायमा ठूलो असन्तोष थपिएको छ भने गोलन्जोर गाउँपालिका नै स्तब्ध बनेको छ।मृतक न्यौपानेका आफन्त समेत रहेका गाउँपालिकाका उपाध्यक्ष न्यौपानेका अनुसार पढ्न गएका छोराले आन्दोलनमै ज्यान गुमाउँदा केवल परिवार मात्र नभई सिंगो पालिका नै शोकमा डुबेको छ।राज्यले यसरी निर्दोष नागरिकको रगत बगाउनु निन्दनीय छ ।
सरकार विरुद्धको असन्तोष व्यक्त गर्न आयोजित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनले परिस्थितिलाई अझै तनावपूर्ण बनाएको स्थानीय जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार न्यौपाने र तामाङको मृत्युले जेनजी आन्दोलनमा एउटा नयाँ घाउ थपेको छ,जसले युवाको क्रोधलाई अझ बलियो बनाएको छ ।