इ.प्र.का.कर्मैयामा प्रहरी हबल्दार चौधरीको दादागिरी कायमै,सरोकारवाला सबै मौन

535 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत प्रहरी हबल्दार नन्द किशोर चौधरीले आफ्ना कर्तुतहरु बाहिर आउन थालेपछि विभिन्न प्रपञ्च रच्न थालेका छन् । इलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत प्रहरी हबल्दार चौधरीको दादागिरी मौलाएपछि बाहिरिएको समाचारको विषयलाई विभिन्न प्रपञ्च रच्न थालेका पाइएको छ ।प्रहरी संगठनमा जागीर खाएर पनि कुनै राजनितक दलको सदस्य झैँ बनेका हबल्दार चौधरीले आफु भन्दा सिनियर प्रहरी बरिष्ठ हबल्दार हुँदा हुँदैपनि इलाका प्रहरी कार्यालय कर्मैयाको तीन वटा शाखा एक्लै जिम्मा लिएर पनि प्रहरी संगठनको नै बद्नाम हुने गरी आफ्नै कार्यालयका प्रहरी कर्माचारीहरुका साथै नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रहरी प्रमुख डिआईजी जनक भट्टराईको समेत नाम बद्नाम गराउने काममा लागेपछि कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाईखबर डटकममा “इ.प्र.का. कर्मैया प्रहरी हबल्दार चौधरीको कब्जामा”शिर्षकमा समाचार प्रकाशन भएको थियो ।त्यसपछि अतालिएका प्रहरी हबल्दार चौधरी अहिले पच्छुताएका मात्रै छैनन् ।बाहिरि बाहिर विभिन्न किसिमका प्रपञ्चहरु रच्न थालेका समेत पाइएको छ ।
प्रहरी चौकी गोडैता दरबन्दी भएका हबल्दार चौधरीले इलाका प्रहरी कार्यालय कर्मैयाको सञ्चार,प्रशासन र हबल्दार मेजरको काम एक्लैले गर्दै आएका छन् ।त्यसको अलावा सर्लाहीका  एक कुख्यात व्यापारीसंग भन्सार छलीका सामानहरुको कारोबार वापत कमिसन असुल्ने, इलाका प्रहरी कार्यालय कर्मैयामा नागरिकताको सिफारिस मुचुल्का लिन आउने मानिसहरुसंग रु एक हजारका दरले कमिसन असुल्ने,स्थानीय काठ तस्करहरुसंग कमिसन असुल्ने गर्नुका साथै सञ्चारको सेट बोकेर मापसे गर्ने गरेका समेत प्रहरी स्रोतको दाबी छ ।
सो विषयमा इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी बरिष्ठ सई नारायण दाहाललाई जानकारी नभएको होईन् तर उनी पनि जसरी भएपनि पैसा चाहियो भन्ने मनसायका भएका कारण त्यसमा नजर नपुगेको पाइएको प्रहरी स्रोतको दाबी छ ।प्रहरी हबल्दार चौधरी विगत करिब २ वर्षदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीको सञ्चार शाखालाई आर्थिक तथा कुनै राजनितिक दलका नेताहरुको पावर लगाएर कर्मैयामा बसी  आफ्नै प्रहरी कर्माचारीहरुका साथै नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रमुख डिआईजी भट्टराईको समेत चरित्र हत्या हुने गरी प्रहरी प्रधान कार्यालयमा वेनामी उजुरी समेत गर्न माहिर छन् ।
प्रहरी हबल्दार चौधरीले राजनितिक दलका नेताहरुको पावर लगाएर लामो समयदेखि कर्मैयामा बसी प्रहरी संगठनको आचरण विरुद्धका कामहरु गरि रहेका र जिल्ला प्रहरी कार्यालय सर्लाहीको सञ्चार शाखालाई कौडिको भाउमा कनिमेल गर्ने गरेका समेत प्रहरी स्रोतको दाबी छ ।उनले कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाईखबर डटकममा “इ.प्र.का. कर्मैया प्रहरी हबल्दार चौधरीको कब्जामा”शिर्षकमा समाचार प्रकाशन भएपछि भेटेर केही कुरा गर्ने भन्दै पटक पटक फोन समेत गरेका छन् ।
सो कुरा जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी भएको भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रविण धिताल,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारु,प्रहरी निरिक्षक ओम प्रकाश यादव,ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरी सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीको सञ्चार शाखाका प्रहरी अधिकारीहरु मौन देखिनुले दालमा केही कालो छ भन्दा फरक नपर्ला ।

सम्बन्धित समाचार