Close This

रु ७१ लाख जरिवाना तोकि फरार रहेका तीन अभियुक्त पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-३१ गते   २९१० पटक हेरिएको

सर्लाहीको ईश्वरपुरबाट ठगी र वन मुद्धामा फरार रहेका तीन अभियुक्तहरु पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको प्रहरी टोलीले जिल्ला अदालत सर्लाहीबाट रु ७१ लाख बढी जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्धाका दुई जना र वन मुद्धाका एक जना अभियुक्तलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका ८, रामपुरका ५५ वर्षीय चेत बहादुर कार्की, सोही ठाउँका ३४ वर्षीय बलराम थापा र ईश्वरपुर नगरपालिका ६, बयलवास बस्ने ३४ वर्षीय मझर अंसारी रहेका ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो ।
तीन अभियुक्त मध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार वटा ठगी मुद्धामा रु ५४ लाख ३४ हजार ८ सय ५० रुपैयाँ ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए । यस्तै, अर्का अभियुक्त थापाविरुद्ध दुईवटा ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले रु १६ लाख ३१ हजार ४ सय ५४ रुपैयाँ ४४ पैसा बिगो जरिवानासहित एक वर्ष ६ महिना कैद सजाय तोकेको थियो । 
त्यसैगरी, वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध रु ८९ हजार ६ सय ३८ बिगो जरिवाना माग भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तीनै जना अभियुक्तहरुलाई गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी अदालत पेश गरिएको ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुङ्गानाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech