सर्लाही प्रहरीद्धारा करिब सवा ९ लाखको भन्सार छलीको सामान नियन्त्रणमा

2.1k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीले करिब रु सवा ९ लाख बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न दुई स्थानबाट गरी करिब रु ९ लाख २७ हजार २ सय ७० बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्लाको ब्रहम्पुरी गाउँपालिका ४ बाट प्रहरी चेकिङ टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको भन्सार छलीका विभिन्न सामानहरु र द्यच्घण्व्घघज्ञछ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
ब्रहम्पुरी गाउँपालिका ४ मा चेकिङमा खटिएको प्रहरीको टोलीले द्यच्घण्व्घघज्ञछ नम्बरको भारतिय मोटरसाईकलमा लोड गरि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको रु ८५ हजार ६ सय ८० बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनु भयो ।
उहाँका अनुसार मोटरसाईकल चालक प्रहरी टोलीलाई देख्नासाथ मोटरसाईकल छाडि भागेका र सो मोटरसाईकलमा पछाडी लोड गरेको प्लास्टिकको बोरामा कम्प्ली म्याङ्गो जुस,२ बोरा चिनी,२ पिस मिल्क पाउडर,रिफाईन तेल,११ पिस साडी र द्यच्घण्व्घघज्ञछ नंम्बरको मोटरसाईकल निन्त्रणमा लिएको हो ।
त्यस्तै जिल्लाको बलरा नगरपालिका १ स्थित सेढवाबाट प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको द्यच्घण्एब् घद्धण्ड नंम्बरको टेम्पोलाई शंका लागी चेक जाँच गर्दा टोम्पोबाट ७ लाख ९८ हजार ८ सय बराबरको भनसर छलीको विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
द्यच्घण्एब् घद्धण्ड नंम्बरको टेम्पोमा ३५ पिस ीभ्म्, ३२ पिस साडी, २८ पिस हटकेश, ३० पिस ईंमरजेन्सी लाईट र २ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक यादवले जानकारी दिनु भयो । उहाँका अनुसार द्यच्घण्एब् घद्धण्ड नंम्बरको टेम्पोमा ३५ पिस ीभ्म्, ३२ पिस साडी, २८ पिस हटकेश, ३० पिस ईंमरजेन्सी लाईट गरी रु ७ लाख ९८ हजार ८ सय र टेम्पु चालक भारतको सितामढी  ग्राम पंचायत मनिहारि १३ बस्ने अन्दाजी वर्ष २१ को कबि कुमार बनिया,भारतको सितामढी ग्राम पंचायत रामनगरा १० बस्ने अन्दाजी वर्ष २० को सुनिल कुमार साहलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै पर्सा गाउँपालिका ६ मा  गस्तीमा खटीएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ  भन्सार छली अवैध रुपमा ल्याउदै गरेको  २ सय १६ पिस बल्ब पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अन्दाजी रु ४२ हजार ७ सय ९० बराबरको २ सय १६ पिस बल्ब नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय पठाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक यादवले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार