Close This

लालबन्दी सिटी लियो क्लबद्वारा आश्रममा कपडा सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२५ गते   २८१० पटक हेरिएको

लालबन्दी सिटी लियो क्लबद्वारा आश्रममा कपडा सहयोग
सर्लाहीको लालबन्दी नगरपालिका २, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सोमवार(आज) लालबन्दी सिटी लियो क्लबले कपडा सहयोग गरेको छ ।
क्लबले नेपालीहरुको महान पर्व वढा दशैँ, शुभ दिपावली तथा  छठको अवसर पारेर आश्रमका वृद्धवृद्धालाई २७ थान साडी, १५ थान बर्को र २ थान भेष्टपाइन्ट प्रदान गरेको  लायन्स क्लब अफ लालबन्दीका पुर्व अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो ।
कपडा वितरण कार्यक्रममा लालबन्दी सिटी लियो क्लबका अध्यक्ष सन्नी कुमार गुप्ता, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष विकल जर्गा मगर, लायन्सका पूर्व अध्यक्ष न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
केही बालबालिका र वृद्धवृद्धासहित ४० जनाभन्दा बढी आश्रममा आश्रय लिएर बसिरहेका नागरिकहरुका लागि दिनहुँजसो सहयोग प्राप्त भइरहँदा आश्रम संचालनमा निकै टेवा पुगिरहेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले बताउनु भयो ।
यसैगरी क्लबले विभिन्न अवसर पारेर विभिन्न सामाजिक काम गर्दै आएको छ । गरीविको जीविकोपार्जन  ,आयआर्जन लगायतका क्षेत्रमा समेत काम गर्दै आएको क्लबले केही समय पहिला लालबन्दकिा विभिन्न स्थानमा जीविकोपार्जनका लागि भन्दै बाख्रा समेत वितरण गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech