Close This

लालबन्दीको लक डाउन शुक्रबार सकिदै,शनिबार थप निर्णय हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१२ गते   ३१८ पटक हेरिएको

कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि लालबन्दी नगरपालिकाले  गत बिहीबारबाट सुरु गरेको लक डाउनको समय शनिबार सकिदै छ । समुदाय स्तरमा कोरोना फैलिन थालेपछि नगरले जनप्रतिनिधिहरुको अगुवाईमा स्थानिय व्यापारी,व्यावसायीहरु,प्रहरी प्रशासनको सहयोगमा नगरका गत बिहीबारबाट लक डाउन कडाई गर्न सुरु गरिएको थियो ।
लक डाउन अवधिमा अत्यावश्यक बाहेकका सवारीहरु बन्द रहेका छन । औषधि पसल बाहेकका व्यापार व्यावसायहरु बन्द रहेका छन । भने प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चोकचोकमा प्रहरी तैनाथ रहेका छन । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ । भने माक्स अनिर्वाय गरिएको नगरपालिकाले जनाएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई लक डाउनको बारेमा जानकारी गराउने र कोरोना संक्रमण लगायतका बारेमा जानकारी गराउने साथै अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई नगरपालिका तथा प्रहरीले आग्रह गरेको छ । लालबन्दीमा कोरोना संक्रमित अचानक बढेपछि बिहीबारबाट नगरभित्र लक डाउनलाई थप कडाई गरेको थियो । 
लक डाउन थप्ने वा हटाउने भन्ने विषयमा शुक्रबार बस्ने भनिएको नगरपालिकाको बैठक विशेष कारणबस बस्न नसकिएको र शनिबार बैठक बसेर निर्णय गरिने नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार नगरले जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा सम्बन्धी निर्णयलाई आत्मासात गर्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech