प्रतिनिधि सभा क्षेत्र नं. ३ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साहले केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा(एमाले)प्रतिगामी शक्तिलाई नेतृत्व गर्ने पार्टी र राजावादीहरुको नेतृत्व गर्ने पार्टी भएको वताए ।
सक्कली एमाले माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टी भएको वताउँदै ओली एमाले गणतन्त्र,संघीयता र यो संविधान विरोधी जनविरोधी पार्टी रहेकोले भन्दै देश भक्त,परिवर्तनकारी कार्यकर्तालाई भ्रममा नपर्न नेता साहले आग्रह गरे । उम्मेदवार साहले जनविरोधी ओली एमालेलाई एक मत पनि जान नदिई प्रतिगमन पूर्णरुपमा अस्विकार गर्न सर्लाही क्षेत्र नम्बर ३ का मतदातालाई आग्रह गरेका छन् ।
“संघर्षमासँगै मिलेर सहकार्य गरेपछि निर्वाचनमा पनि सँगै जानुपर्छ । हाम्रो उद्धेश्य र संकल्प साझा छन् समग्रमा प्राप्त उपलब्धिको रक्षा गर्ने,संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने हाम्रो साझा संकल्प र उद्धेश्य छ । पछिल्लो चरणमा हामी जनतामाझ जादा हामी प्रती जनताको अपार उत्साह,विश्वास,आकर्षण छ यो विश्वास आकर्षणलाई मतमा बदल्नको लागि सर्लाही क्षेत्र नम्बर ३ का जनताले अत्याधिक मत मार्फत लोकतन्त्रको पक्षमा,संविधानको रक्षा र सफल कार्यान्वयनको पक्षमा आफ्नो अमुल्य मतदान सहित परिवर्तनको पक्षमा मतदान गर्छन् भन्ने विश्वास लिएका छौ ।” उम्मेदवा साहले बताए ।
“यदि यो पटक पनि जनता झुक्किएर प्रतिगामी एमालेलाई मतदान गरे भने जनताले आफ्नो खुट्टामा आफैले बन्चरोले हाने सरह हुने छ । कमलामाई मिडिया प्रा.लिसंगको कुराकानीमा उम्मेदवार साहले बताए ।त्यसैले सबै जनताको घर घरमा गएर जनतालाई बुझाउन जरुरी रहेको” उनले बताए । एमाले कै कारण १ सय ३८ दिन लामो नाका बन्दी भएको बताउँदै नेता साहले मधेश विरोधी एमालेलाई फेरीपनि मधेशी जनताले मत दिएमा मधेशप्रति ठूलो घात हुुने बताए ।
उम्मेदवार साहले मधेश प्रदेश र सर्लाही ३ को समृद्धी र समग्र विकासका लागि गठबन्धनले जित्नुपर्ने वताए । उनले धार्मीक नगरी मधेश प्रदेश,पर्यटकिए नगर मधेश प्रदेश निर्माण गर्न पाँच दलिय गठबन्धन गरिएको र अबको आवश्यकता पनि यहि रहेको बताउँदै गठबन्धनलाई मत दिएर बहुमतका साथ जिताउन आग्रह गरे । उनले आफु सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएपनि निर्वाचित भएपछि सर्लाही ३ को मात्र नभई मधेश प्रदेशको जनप्रतिनिधि हुने हुँदा मधेशको समृद्धी र समग्र विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने पनि बताएका छन् ।ओली एमाले राजावादी भएकै कारण आफुहरुले पाँच दलिय गठबन्धन बनाएको र मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि ओली एमालेलाई सिला खोज्नु पर्ने अवस्था आउने नेता साहले बताए ।