Close This

लायन्स क्लब लालबन्दीद्धारा १२० विपन्न परिवारलाई कम्बल वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-५ गते   २८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न ६ वटा वडामा लान्यस क्लबले १ सय २० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र लालबन्दी सिटीको संयुक्त आयोजनामा लालबन्दी नगरपालिका ५, ६, ७, ८, १३ र १५ मा गरी ६ वटा वडामा चिसोबाट अतिप्रभावित १ सय २० विपन्न परिवारलाई कम्बल वितरण गरिएको लायन्सका पाष्ट प्रेसिडेन्ट शाकार शर्माले जानकारी दिए ।
विपन्न परिवारलाई जाडोमा न्यानो होस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको लायन्स क्लब सेन्चुरीका उपाध्यक्ष मोहनकुमार राउतले जानकारी दिए । उनका अनुसार लायन्सका जोन चियर पर्सन गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा पाष्ट प्रेसिडेन्ट शर्मा,वर्तमान प्रेसिडेन्ट सुशील दाहाल,सिटीका प्रेसिडेन्ट चिरन्जीवी खतिवडालगायत लायन्स क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech