Close This

वार्तामा बसेका नगर प्रमुख देवकोटा सहित करिब ३ दर्जन सुरक्षाकर्मी घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१३ गते   १७४१ पटक हेरिएको

सर्लाहीको ईश्वर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा घाइते हुनु भएको छ । प्रहरीको गस्तीमा रहेको भ्यानसंग मोटरसाईकल ठोकिएर एक स्थानीय व्यापारीको मृत्यु भएपछि उत्पन्न विवादको समाधानका लागि वार्ता गर्दै गर्दा आन्दोलनकारीले आक्रमण गरेपछि नगर प्रमुख देवकोटा घाईते हुनु भएको हो ।
 प्रहरीको गस्तीमा रहेको भेनसंग इश्वरपुर नगरपालिका ५ का अन्दाजी वर्ष ३४ का राम कुमार महतो घाईते भएका र उपचारको लागि जिल्ला अस्पताल सर्लाही लैजाँदै गर्दा उनको बाटैमा ज्यान गएको थियो ।  महतोको मृत्युपछि आक्रोशित बनेका स्थानियले इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार बन्द गराउनुको साथै टायर वालेको प्रहरीको विरुद्ध नारावाजी गरेका थिए ।
स्थानीय तथा व्यपारीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सो समस्या समाधान गर्न नगर प्रमुख सहितको उच्चस्तरीय वार्ता टोलीवार्तामा बसेको थियो । सोही समयमा आन्दोलनकारीको तर्फबाट वार्तामा बसेका एक स्थानियले नगर प्रमुख देवकोटा माथी कुर्सी प्रहार गर्दा नगर प्रमुख घाइते हुनु भएको नगर उप प्रमुख एकावती देवी चौधरीले जानकारी दिनु भयो । उप प्रमुख चौधरीका अनुसार नगर प्रमुख देवकोटाको घाँटीमा चोट लागेको छ । घाइते नगर प्रमुख देवकोटालाई महोत्तरीको बर्दीवास स्थित एक अस्पतालमा बर्दिबासमा उपचार भई रहेको नगर प्रमुख देवकोटाको पारिवारी स्रोतले जनाएको छ ।
यता प्रहरीले भीड नियन्त्रण गर्न भन्दै प्रहरीले  ८५ राउण्ड हवाई फाएर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर १ जना प्रदर्शनकारी घाइते भएका छन्।् । आक्रोशित प्रदर्शनकारीहरूको भीड नियन्त्रण हुन नसेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज(मंगलबार) दिउँसो३ बजेदेखि बुधबार साँझ ७ बजे सम्म कफ्र्यु जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आज(मंगलबार) दिउँसो तीन बजेदेखि लागू हुने गरी प्रशासनले २८ घण्टाका लागि कफ्र्यु जारी गरेको छ । सो समयमा कुनै पनि किसिमको भेला नगर्न र हुलहुज्जत नगर्न सूचना मार्फत जानकारी गराएको छ । 
सोमबार आक्रोसित प्रदर्शनकारीले ईश्वरपुर नगरपालिकाको कार्यालयमा पार्किङ गरी राखिएको प्रहरीको भ्यानमा समेत आगजनी गरेका थिए । आन्दोलनकारीको आगजनीबाट ईलाका प्रहरी कार्यालय हरिपुरको प्रहरीको भेनमा पुर्ण रुपमा क्षती भएको छ ।
 मृतक महतोको प्रहरीबाटै हत्या भएको भन्दै स्थानीयले दुर्घटनामा संलग्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । स्थानीय तथा मृतकका आफन्तले भ्यान चलाउने प्रहरी चालकलाई जागिरबाट बर्खास्त गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा भएका सबै प्रहरीहरूको सरुवा माग गरिरहेका छन् । साथै मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राख्दै बजार बन्द गराइरहेका छन्।् । यस क्रममा उनीहरूले इलाका प्रहरी कार्यालय ईश्वरपुरमा समेत तोडफोड गरेका थिए । तोडफोडबाट प्रहरी कार्यालयमा जडान गरिएका सीसी क्यामेरासमेत फुटेका छन् । यता आन्दोलनको क्रममा करिब ३ दर्जन भन्दा बढी सुरक्षाकर्मीहरु घाईते भएका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech