देशकै विकासमा नमुना बन्दै बागमती नगरपालिका,विकास देख्न नसक्नेहरुको निदहराम

1.8k Shares

मधेश प्रदेशका अधिकांश स्थानीय निकायहरु आन्तरिक विवाद कारण अत्यन्त जर्जर बनिरहेका छन्। जनप्रतिनिधिहरुबीच बढ्दो आपसी टकराव नै यतीबेला स्थानीय निकायको विकासको ठुलो तगारो बनेको छ ।

जनप्रतिनिधिहरु संघियताको मर्म र भावना अनुरुप चल्न नसकेको कारण जनताको घर दैलोमा आईपुगेको भनिएको सिंहदरवार झनै आकासको फल जस्तै बनेको छ । जनताको भावना र चाहाना एकातिर जनप्रतिनिधि अर्कोतर्फ लागेका कारण मधेश प्रदेशमा नागरिक र स्थानिय सरकारहरु बीचको दुरी बढदै गएको जानकारहरुको कथन छ ।

यता मधेश प्रदेश अन्तरगत सर्लाहीको बागमती नगरपालिकाको अवस्था भने निकै फरक छ । बागमती नगरपालिकाले विकास र समृद्धिको नारा मात्र हैन,योजना नै लिएर निरन्तर अघी बढिरहेको छ। नगरको दिगो विकास र समृद्धिको महत्वपुर्ण योजना साकार पार्ने कार्यमा नगर कार्यपालिकाका जनप्रतिनिधिहरुको अथक प्रयास देखिन्छ।

ठुला बजार तथा उद्योग कल कारखाना नरहेको यस नगरले जनप्रतिनिधि पाएयता गरेको विकास प्रदेशकै नमुना मात्र हैन,निकै लोभलाग्दो उदाहरण बनेको छ । जनप्रतिनिधिको आखाँमा केही बर्ष पछिकोे बागमती नगरपालिकाको स्वरुप अत्यन्त सुन्दर,समृद्ध र सुव्यवस्थित छ ।

बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान लगायत जनप्रतिनिधिहरुले देखेको बागमती नगरपालिका साँचै नै यस प्रदेशमा मात्र हैन, देशमै नमुना बन्नेमा ढुक्क हुन सकिन्छ।

पहिलो पटक निर्वाचित भए लगतै तलव भत्ता नलिने शपथ खानु भएका र आफ्नो लागि गाडि किन्न छुट्याईएको बजेटबाट जनताको लागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आउनु भएका नगर प्रमुख थापाको नगर विकासको योजनाले यतिबेला सर्वत्र मन जितेको छ।

नगर प्रमुखमा आफु निर्वाचित भएर आएसगै नगरको चौतर्फि विकासमा ठुलो सम्भावना र चुनौती देखेको नगर प्रमुख थापाले बताउनु भयो ।‘नगर विकासको महत्वपुर्ण पाटो आन्तरिक आयश्रोत भएपनि हामीसंगँ त्यस्तो केही थिएन।’ उहाँले बताउनु भयो ।त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास,सुन्दरता र आयश्रोतको योजनाहरुमा परेको होे। यस नगरलाई प्रदेशकै सुन्दर र रमणिय पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनु भयो ।

‘अरु नगरपालिकाको जस्तो बेच्ने सामान वा उद्योग धन्दा केही छैन्।’ नगर प्रमुख थापाले बताउनु भयो ।‘यो पवित्र बागमतीको काखमा छौ,उत्तरमा चुरै श्रृंखला छ,यसैलाई सिंगारेर दुनियाँलाई पैसा लिएर देखाउने योजना बनाएका हौं।’

बागमती नगरपालिकाले गत पहिलो कार्यकालमा करिब २ सय किलोमिटर सडक कालो पत्रे गरि सकेको छ । नगरका अधिकांस सडकको स्तरोउन्नती पछि धुलो र हिलो मुक्त भई सकेको छ। नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको कायापलटले नगरवासीको मन जितेको मात्र छैन्।

यसको प्रत्यक्ष परिणाम देखिने गरि भएका कामले सर्वत्र प्रशंसा बटुल्न सफल भएको छ।जनप्रतिनिधिको पहलमा संचालन भएको बर्थिङ सेन्टरकै कारण सुत्केरी महिलाले पाउदै आएको सास्थी समेत कम भएको स्थानियको भनाई छ।

चिल्लो र फराकिलो कालोपत्रे सहितको सडक बागमती नगरपालिकाको परिचय बनेको छ। बागमतीमा कालोपत्रे सडकको बाढि नै आएको छ,भन्दा फरक नपर्ला । नगरका अधिकांस सामुदायिक विद्यालय बालबालिकालाई मुस्कान सहित स्वागत गर्न लालाहित जस्तै देखिन्छन्।

दिउँसै तर्साउने जस्ता विद्यालयको भौतिक संरचनाले मुहार फेरीएको छ । निरन्तर अभिभावक र विद्यालय विचको दुरी घट्ने र विद्यार्थीहरुको सिकाई प्रभावकारीता बन्नु सफलताको अर्को कडि मान्न सकिन्छ । समाज परिवर्तनको एकमात्र मेरुदण्ड शिक्षा भएकोले पनि यसको समग्र सुधारमा नगरले खेलेको भुमिका दिर्घकालिन र अत्यन्त महत्वपुर्ण रहेको अभिभावकहरुको भनाई छ।

बालमैत्री वातावरणमा शिक्षण सिकाई,मन्टेश्वरी विधि र आधुनिक प्रविधि मैत्री शिक्षा बागमती नगरपालिकाको उद्देश्य रहेको नगर शिक्षा शाखा प्रमुख ओम बहादुर कार्कीको भनाई छ । नगरपालिकाले दक्ष जनशक्ति उत्पादनलाई जोड दिदै नगरमै सस्तो सर्वसुलव ढंगलले सिभिल ईनिजनियर,कृषि विज्ञान र पशु विज्ञान जस्तो महत्वपुर्ण प्राविधिक शिक्षा समेत संचालन गरिरहेको छ।

बागमती नगरपालिकाका नगर प्रमुख थापा विकास र समृद्धिको लागिमात्र हैन,विपदको घडिमा समेत आम नागरिकलाईसंगै लिएर हिड्न निपुर्ण मानिन्छन। नगर प्रमुख थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितीमा समेत नागरिकको साथ बटुल्दै नागरिकको समस्या समाधान तथा राहत वितरणमा समेत माना पाथि अभियान संचालन गर्नु भएको थियो ।

यसले नगरवासीहरुलाई विपद्मा लिन मात्र हैन्, सक्नेले दिन समेत सकिन्नुपर्छ भन्ने गतिलो पाठ समेत सिकायो । यस नगरपालिकाले पहिलो कार्यकालमा सडक, शिक्षा र नगरको राष्ट्रिय गौरवको आयोजनाहरुमा समेत उल्लेख्य काम गरेको छ । नागरिकको आधारभुत आवश्यक्तालाई समेत सगँसगै लिएर समग्र विकासको परिकल्पना गर्न निकै चुनौती रहेपनि यो आजको आवश्यक्ता भएकोले पुरा गर्नै पर्ने आफ्नो दायित्व रहेको नगर प्रमुख थापाको भनाई छ।

नगर प्रमुख थापाले बागमती नगरको समग्र विकास र नगरलाई आन्तरिक रुपमा समेत आर्थिक सामाजिक र भौतिक रुपमा समृद्ध बनाउन  महत्वपुर्ण योजनाहरु सञ्चालन गर्नु भएको छ ।

१२१ विगाह क्षेत्रफलको मानव निर्मित पोखरी

बागमती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रुपमा सुरु गरेको गौरवको आयोजना पोखरीको निमार्ण कार्यको दुई चरण सम्पन्न भईसकेको छ । पहिलो चरण अन्तरगत पोखरीको सम्पुर्ण डिजाईन तयार गरेर पर्खाल लगाउने र सफागर्ने कार्य सम्पन्न भएको र अहिले पोखरीको आधा भागमा पानी भरेर ढुङ्गा सञ्चालन समेत भई रहेको नगरपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेलले बताउनु भयो ।

भने अहिले दोस्रो र तेस्रो चरण अन्तरगतको सौदर्यकरणको काम भई रहेको छ । दिर्धकालिन रुपमा नगरको आयश्रोतको रुपमा समेत प्रयोग गर्न सकिने गरि पोखरीको परिकल्पना गरिएको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले दावि गर्नूभयो ।

बागमती नगरपालिका ४ स्थित बागमतीको किनार बुडि बागमतीको नदि उकास जमिनमा पोखरी निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख थापाले बताउनु भयो । उहाँका अनुसार मानव निर्मिति पोखरी देशकै नमुना बन्ने छ । १२१ बिगाह क्षेत्रफलको मानव निर्मित यो पोखरी दक्षिण यसिया कै विशाल मानव निर्मित पोखरी बन्ने नग प्रमुख थापाको दावी छ।

पोखरीमा माछा पालनसगै मुख्य रुपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको छ। भने, निकट भविश्यमै नगरले गर्ने आम्दानी तथा यहाँका नागरिकको रोजगारी अर्को ठुलो लक्ष्य बन्ने देखिन्छ। पोखरीमा बोटिङ स्विमिङसगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुने छ।

 पुर्व पश्चिम लोकमार्गबाट करिब २ किलोमिटरको दुरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिडेका पर्यटकका लागि समेत विश्राम स्थलको रुपमा विकास गर्न सकिने नगरको योजना छ । पोखरी निर्माणको अर्को महत्वपुर्ण योजना स्थानीय स्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउँने छन्।नगरले हरेक योजनामा नगरकै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णकै क्रममा समेत सयौ स्थानीयको गतिलो रोजगारी स्थलको रुपमा पोखरी निर्माणको काम भएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।

रु २८ करोडको सुविधा सम्पन्न फनपार्क

यस नगरपालिकाले अर्को गौरवको आयोजना रु २८ करोडको अत्यन्त सुविधा सम्पन्न फनपार्क हो।यस क्षेत्रमा मात्र नभएर यस प्रदेशमै नभएको सुविधा सहितको फनपार्क बागमती नगरपालिकाले निर्माण आरम्भ गरेको छ ।

फनपार्कको पनि निर्माणको करिब अन्तिम चरणमा पुगि सकेको छ ।पहिलो चरणमा  जग्गा अधिग्रहण,ठेक्का प्रकृया रहेको र सो काम सकेर अहिले फनपार्कको निर्माण करिब ५० प्रतिशत सम्पनन भई सकेको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताउनु भयो ।

फनपार्क बागमती नगरपालिका ११ स्थित बागमती नदी किनार बागमती सिंचाईको व्यारेज उत्तर हरिहर क्षेत्रमा निर्माण हुन लागेको हो। करिब ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको अनुमानित लागत रु २८ करोड रहेको नगरपालिका कार्यलयले जनाएको छ।

फनपार्कमा सुविधा सम्पन्न अतिथि गृह देखि स्विमिङ पुल,पार्क भित्र बालवालिकाको लागी खेल्ने सामग्री सहितको चिल्ड्रेन पार्क,पिकनिक स्पट,आकर्षक झर्ना,रेस्टुरेन्ट तथा बागमती किनारमा नदी सयरको समेत व्यवस्था रहने उल्लेख छ।

पहिलो चरणमा पार्क निर्माणको लागि रु २४ करोडको बजेटको काम सकिएको छ । यस पार्कको निर्माणले बागमती नगरपालिकाको मात्र नभएर सर्लाही जिल्ला तथा मधेश प्रदेशको पर्यटकिय विकास र स्थानीयको आर्थिक उपार्जनमा ठुलो महत्व राख्ने नगर प्रमुख थापाले बताउनु भयो ।पार्कको तत्कालिन नेकपा(माओबादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचन्ड)ले शिलन्यास गर्नु भएको हो ।

१८० विगाहको नगर बगैँचा,

नगरको अर्को गौरवको आयोजनाको रुपमा नगर बगैँचा रहेको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३, ४ र ११ मा गरेर १८० विगाह क्षेत्रमा नगरपालिकाले फलफुलका विरुवा रोपिएको छ। नगरको आय आर्जनको रुपमा विकास गर्नसके यस नगर बगैँचाले वेरोजगार सयौँ नागरिकहरुलाई रोजगार सृजना गर्ने नगरपालिकाले जनाएकोे छ। विकासलाई समेत रोजगार मुखी बनाउनु अपरिहार्य रहेको नगर प्रमुख थापाको भनाई छ।

बगैँचाका कारण नगरले यहि उत्पादन हुने फलफुलका लागि अन्यत्र निर्भर हुन नपर्ने र नगरले वार्षिक करोडौको फलफुल उत्पादन गर्ने गरी बगैचा निर्माण गरिरहेको छ । यसरी कृषि,पशु,बजार लगाएतको व्यवस्थापनमा समेत नगरले मुख्य रुपमा ध्यान दिईरहेको उप प्रमुख मोक्तानले बताउनु भयो । नगरको विकासको लागि नगरको पैसा कुनै पनि हालतमा नगरमै रोक्नु पर्ने भएकोले पनि यो योजनाहरु अपरिहार्य रहेको जनप्रतिनिधिहरुको भनाई छ।

आजलाई भन्दा पनि भोलिको भविश्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको र  बगैँचामा तराईको ठाउँमा हुने आपँ,लिच्चि,कटहरलगाएतका फलफुलका विरुवा लगाईएको छ। नगरपालिकाले बगैँचाको रेख देख तथा गोडमेलको लागि स्थानीय स्तरमा रोजगारी पनि श्रृजना भएपछि स्थानीय समेत हर्षित बनेका छन्। बगैँचा निर्माणले नगरको पर्यावरण समेत संन्तुलित रहने समेत नगरको दावी छ। एका तर्फ वातावरण संरक्षण र अर्को तर्फ आम्दनीको राम्रो श्रोत नगर बगैँचा बन्ने जनप्रतिनिधिहरुको भनाई छ।

साच्चै नेकपाृमाओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरुले जितेको स्थानीय निकायहरुको विकास बागमती नगरपालिको जस्तो हुन्छ।’फराकिला र चिल्लो कालोपत्र सहितका सडक, नगरको चौतर्फी विकास र भोलिको समृद्धि सहितका ठुला ठुला योजनाले छिमेकी स्थानिय निकायका जनप्रतिनिधिहरुको समेत ध्यान खिच्ने गरेको छ।

यो सम्भावना बुझ्न र अवलोकनको लागि समेत विभिन्न जिल्लाका स्थानिय निकायका जनप्रतिनिधिहरु आउने गरेका उप प्रमुख मोक्तानले बताउनु भयो ।उहाँका अनुसार बागमती नगरपालिकाको विकास र योजनामा नेताहरुको समेत उत्तिकै ध्यान खिचिएको छ । माओबादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुको विकास प्रेमको पगरी गुथ्न समेत पार्टि नेताहरु समेत लालायित रहने गरेका जानकारहरुको भनाई छ । जिल्लामा आउने नेकपा(माओवादी केन्द्र)का साथै अन्य पार्टीका अधिकांस केन्द्रिय नेताहरु समेत एक पटक बागमतीको विकासको नजरा देख्न उत्सुक रहने गरेको श्रोतको भनाई छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज अच्युतम काफ्लेले नेकपा(माओवादी केन्द्र)वाट निर्वाचित जनप्रतिनिधिहरुले गर्ने विकासको नमुना बागमती नगरपालिका रहेको बताउनु भयो । उहाँका अनुसार बागमती नगरपालिकाले गरेको विकास र संचालन भएको योजनाले नेकपा(माओवादी केन्द्र)को नेता हुनुमा गर्व गर्ने ठाउँ रहेको बताउनु भयो ।

बागमती नगरपालिकामा जस्तो विकास जिल्लामा मात्र नभएर देशमै नमुना भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य,सर्लाही जिल्ला संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले दाबी गर्नु भयो । उहाँका अनुसार जनताको आवश्यक्ता बुझ्नु आजको विकास भएको र बागमतीबाट अन्य स्थानीय निकायहरुले सिक्नु पर्ने थुप्रै कुरा रहेको बताउनु भयो ।

नगरको योजना अवलोकन गर्न सर्लाही आउनु भएका नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपा अध्यक्ष एवम पुर्व उप प्रमुख एवम परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)ले‘निधर्क गर्भका साथ भन्न सकिन्छ, साच्चै नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरुले जितेको स्थानीय निकायहरुको विकास बागमती नगरपालिकाको जस्तो हुन्छ।’जनताको मर्म र भावना बुझेर काम गर्ने जनप्रतिनिधि आजको पहिलो आवश्यक्ता भएको समेत उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार