सर्लाहीको बरहथवा नगरपालिका ६ मा सञ्चालित सर्लाही गोल्डेन हस्पिटल प्रा.लि.का सञ्चालकले बिरामी र उनका आफन्तमाथि दुव्र्यवहार गरेका छन्।बरहथवा नगरपालिका ६ निवासी रामप्रवेश साहको छोराको औंला काटिएपछि उपचारका लागि सर्लाही गोल्डेन हस्पिटल प्रा.लि.पुगेका बिरामी र उनका आफन्त विच विलको विषयमा विवाद भएपछि हस्पिटलका सञ्चालक दिपेश यादवले दुव्र्यवहार गरेका पीडित परिवारको गुनासो छ ।
औंला काटिएर उपचार गर्न गएका उनीहरुले प्राथमिक उपचारपछि बिल मागेपछि हस्पिटलले रु १८ हजारको विल दिएपछि बिल अत्यधिक भएको भन्दै पीडित परिवारले बिल धेरै भएको कसरी यति धेरै बिल भयो भनी साहले सोध्दा हस्पिटलका संचालक यादव रिसाएर बिरामीका आफन्तलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेका पीडित परिवारको गुनासो छ।पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवाका साथै बरहथवा नगरपालिकाको स्वास्थ्य शाखामा उजुरी दिएको बताएका छन् ।
स्थानीयका अनुसार हस्पिटलका संचालक यादवले यस अघि पनि पटक पटक यस प्रकारका हर्कतहरु गर्दै आएका थिए।हस्पिटलका सञ्चालक यादवले यसअघि पनि बिरामीसँग अत्यधिक शुल्क असुली गर्ने,दुव्र्यवहार गर्ने र कुटपिट गर्नेजस्ता गुनासाहरू बारम्बार प्रशासनसम्म पुगिसकेका छन्।तर अहिलेसम्म कुनै ठोस कारबाही नभएको प्रति स्थानीय आक्रोशित छन्। त्यस्तै,बरहथवा नगरपालिकाको स्वास्थ्य शाखाले घटनाको जानकारी लिएको र छानबिन प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ ।
यता,हस्पिटलका सञ्चालक यादवले आफ्नो हस्पिटलाका कुनै पनि कर्मचारीले कुनै बिरामी पक्षमाथि कुनै प्रकारको दुव्र्यवहार नगरेको दाबी गर्दै आफ्नो हस्पिटल माथि नेपाली कांग्रेसले राजनीति गरेको बताए।हस्पिटललाई बदनाम गराउन नेपाली कांग्रेसले घुमाउरो राजनीति गरेको उनको आरोप छ ।