माओवादी केन्द्र सर्लाहीको आईतबारबाट चरणवद्ध आन्दोलन सुरु,शान्तीपुर्ण आन्दोलनलाई नदवाउन आग्रह

472 Shares

नेकपा(माओवादी केन्द्र) सर्लाहीले नेपाल सरकारको विरुद्ध आईतबार मोटरसाईकल र्याली र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा धर्ना दिने भएको छ।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला कुमारी मोक्तान सहित जनप्रतिनिधि र कर्मचारीहरु माथि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार नियोजित रुपमा फसाउन लागि परेको भन्दै आक्रोसित भएको माओवादी केन्द्र सर्लाहीले चरणवद्ध रुपमा आफ्ना आन्दोलनका कार्यक्रमहरु सुरु गरेको हो ।
यस अघि जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी सहित मधेश प्रदेश सरकारका मुख्य मन्त्री र वन तथा वातावरण मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको माओवादी केन्द्र सर्लाहीले आईतबार मोटरसाईकल र्याली सहित डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा धर्ना दिने,सोमबार मसाल जुलुस गर्ने,मंगलबार दुई घण्टा पुर्व पश्चीम राजमार्ग बन्द गर्ने र बुधबारबाट अनिश्चितकालिन सर्लाही जिल्ला बन्दको घोषणा गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई भ्रष्टाचार सम्बन्धी कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि वन सम्बन्धी मुद्धा लगाउने र उनीहरुलाई फसाउने नियोजित षडयन्त्र भएको भन्दै माओवादी केन्द्र सर्लाही आक्रोसित भएको हो ।
राष्ट्रिय वन तथा सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणका लागि मुख्य सचिवको संयोजकत्वमा अन्तर निकायको बैठक बसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको वातावारण तथा विपद् व्यवस्थापन शाखाले बागमती नगरपालिकालाई सम्बोधन गरी पुस २५ गते निर्णय कार्यन्वयन सम्बन्धमा भन्दै पत्र लेखेपछि अहिलेको सरकार नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि लागि परेको प्रष्ट भएको भन्दै आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सम्पन्न गर्न र आफुहरुका शान्तीपुर्ण आन्दोलनहरुलाई हस्तक्षप नगर्न पनि सरोकारवालासंग आग्रह गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।
विभिन्न वाहनमा राज्यले बागमती नगरपालिकाको नामै तोकेर पत्राचार गरेपछि राज्य नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि लागि परेको प्रष्ट भएको भन्दै आफुहरुले त्यसको विरुद्धमा शान्तीपुर्ण रुपमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको र आफुहरुको शान्तीपुर्ण आन्दोलनलाई दवाउने वा हस्तक्षप गर्न सरोकारवाला निकाय लागि परे त्यसबाट हुने मानविय तथा भौतिक क्षेतीको जिम्मा पनि तीनै सरोकारवाला निकायले लिनु पर्ने अध्यक्ष पन्तले बताए ।
सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रमा विगत करिब २० वर्षदेखि सुकुम्बासी, दलित,भूमिहिनहरु खाली रहेको जमिनमा घर टहरा बनाई बसोबास गरि रहेका र सो क्षेत्रमा २०६५ साल अघि नै परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुको मिलेमतोमा वन सखाप भएको  भएपनि राज्य अहिले बागमती नगरपालिका र नगर प्रमुख थापा माथि नियोजित रुपमा लागि परेर बागमतीको विकास र त्यहाँ आश्रीम सुकुम्बासी,दलित तथा भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई घरबार विहिन बनाउन लागि परेपछि आफुहरु बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको माओवादी केन्द्रका नेता राज कुमार यादवले बताए ।
पहिलो चरणमा बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमती नदी उकासमा निर्माण भइरहेको बागमती माछा पोखरी(भरत ताल) पुर्ने र दोस्रो चरणमा ऐलानी जग्गामा विगत करिब दुई दशक देखि बसोबास गर्दै आएका सुकुम्बासी,दलित,भूमिहिनहरुलाई घरबार विहिन बनाउने कार्यमा सरकार लागि परेपछि आफुहरु कुनै गैर कानूनी कार्यको नभई सुकुम्बासी,दलित तथा भूमिहिन र अव्यवस्थितहरुका साथै विकासको पक्षमा आन्दोलनमा होमिएको नेता यादवले बताए ।
माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि वन मुद्दा लगाउने षड्यन्त्र सुरु भएपछि माओवादी केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीलाई ज्ञापन पत्र बुझाउँदै राजनीतिक प्रतिसोध साँधेर अन्यायपूर्ण व्यवहार गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै पाँच दिनको समय सिमा दिएर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको भएपनि सो समय सिमा भित्रसरोकारवाला पक्षबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि आन्दोलन सुरु गरिएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
यता,२०६६ र २०६७ मा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख जीवन कुमार ठाकुर सहित चार जना वन अधिकृतहरु सहित आन्दोलनरत पक्ष विच सम्झौता भई सो क्षेत्रमा टाँगीया बस्ती निर्माण गर्ने,वास्तविक सुकुम्बासीहरुको पहिचान गर्ने र व्यावस्थापन गर्ने,परियोजना क्षेत्रमा आश्रीत विपन्नहरुको जीविको पार्जनका लागि योजना बनाउने,जनसहभागिता र लाभांश वाँडफाँड गर्ने र क्षेतीपुर्ति उपलब्ध गराउने लगायतका विषयमा निर्णय भई सहमती भएको समेत पाईएको छ ।
२०६४/०६५ साल देखि सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यालय सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीद्वारा आयोजना गरिएका सर्वदलीय तथा सरोकारवालाहरुको बैठकहरुको निर्णयबाट ती क्षेत्रहरुमा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्ने निर्णय भएको समेत जानकारहरु बताउँछन् ।बागमती नगरपालिकाले संघ र प्रदेश सरकार समेतको अनुदानबाट बागमती नदी उकास क्षेत्र (बुढि बागमती)मा बागमती माछा पोखरी बनाई पालिकाले माछा पालन र पर्यटन प्रवद्र्धनका साथै आन्तरीक आय स्रोतको व्यवस्थापनको काम गरि रहेको भएपनि अहिलेको सरकारका प्रमुख नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमान्त्री केपी शर्मा ओलीले बागमतीको विकास देख्न नसकेर बागमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरु माथि नियोजित रुपमा लागि परेको समेत माओवादी केन्द्रका नेताहरुको भनाई छ । 
२०६६/०६७ देखि नै बस्ती बसेको थियो।अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमतीका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधि र कर्मचारीलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको भन्दै स्थानीय आक्रोसित भएका छन्। नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार माओवादी केन्द्रबाट निर्वाचित जनप्रततिनिधिले गरेको विकास देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।जुन स्वीकार्य छैन्।”उनीहरुले आक्रोश व्यक्त गरे। 

सम्बन्धित समाचार