Close This

वागबानी जंगलमा एक महिलाको शव फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१३ गते   ९४५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ अन्र्तगत रहेको वागबानी जंगल क्षेत्रमा एक महिलाको शव फेला परेको छ । लालबन्दी नगरपालिका २ बस्ने वर्ष ४६ की बाल कुमारी खत्री मृत अवस्थामा फेला परेकी ईलाका प्रहरी कार्यालय ललाबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले जानकार िदिनुभयो । 
घरबाट २÷३ दिन पहिला हिडेकी र आफन्तजन खोजी भई रहेको उनका श्रीमान विष्णु बहादुर खत्रीले बताउनुभयो ।आफ्नो घरमा कुनै दिन परिवारीक मनमुटाव नभएको विष्णुले बताउनु भयो ।  घटना स्थलबाट ऋग्च्च्भ्ल्त् (करेन्ट)नामक विषादीको बोतल फेला परेको प्रहरीले जनाएको छ ।
शवको घटना मुचुल्का तयार पारी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा तर्फ पठाईएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब ११ बजे शव देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेको र प्रहरी  घटनास्थलमा पुगेको सर्लाही प्रहरीले जनाएको छ । खत्रीका २ छोरा रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech