Close This

बलात्कारको आरोपमा फरार रहेका दुई मध्य १ पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२५ गते   २६१ पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट बलात्कारको मुद्धामा फरार रहेका दुईजना मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–६ घर भएकी १५ वर्षीया किशोरीलाई गत साउन ५ गते राती बलात्कार गरेको आरोपमा फरार अभियुक्त स्थानीय २५ वर्षीय सुमन विकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले बुधबार साँझ पक्राउ गरेको छ । 
यसबीचमा विक काठमाडौंतिरै लुकेर बसेको र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले विशेष सुराकीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
अभियुक्त विकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । बलात्कार आरोपी लालबन्दी नगरपालिका–७ निवासी २७ वर्षीय रामबहादुर पराजुली भने अझै फरार रहेका छन् ।
लालबन्दी स्थित एक होटलमा मजदुरी गर्दै आएकी किशोरीलाई विबाह गर्ने प्रलोभन देखाएर दुईजनाले रातभर बलात्कार गरेको आरोपमा उनिहरु विरुद्ध ईलाका प्रहरी कार्यालय लालबन्दीमा पीडित किशोरीले  किटानी जाहेरी दिएपछि प्रहरीले चासो देखाएको थियो ।
अर्का फरार अभियुक्त पराजुलीको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त विक विरुद्ध जबर्जस्ती करणी मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईएको सर्लाही  प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech