वैदेशिक हस्तक्षेप विरुद्ध नेपाली कांग्रेसको विरोध र्याली

2.6k Shares

 नेपाली कांगेसको भातृसंगठन नेपाल  विद्यार्थी संघले पुर्व पश्चीम लोक मार्ग अन्र्तगत सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरमा विरोध र्याली गरेको छ । दुई ठुला छिमेकी देश भारत र चिनले गरेको हस्ताक्षेपको विरुद्धमा नेविसंघले विरोध र्याली गरेको हो ।
दार्चुलाको लिपुलेकमा भारतले विस्तार गरेको सडक खण्ड तथा वैदेशिक हस्तक्षेपको विरुद्धमा नेवि संघले विरोध र्याली गरेको हो । भारतीय विस्तारवाद मुर्दाबाद, नेपाली भूमि फिर्ता गर,स्वाभिमानी नेपाली एक हौँ,वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकी पुर्व पश्चीम लोक मार्ग अन्र्तगत ईश्वरपुर नगरपालिका ५ फुलजोरमा मंगलबार बिहान १ घण्टा विरोध र्याली गरेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको जारी लक डाउनको पुर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर शान्तीपुर्ण तरिकाबाट वैदेशिक हस्तक्षपको विरोध गरेको नेपाल विद्यार्थी संघका नेता ठाकुर कुमार बख्रेल(मनोज)ले जानकारी दिनु भयो । पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै मिचिएको नेपाली भूमि फिर्ता गराउन साथै वैदेशिक हस्तक्षेप कुटनैतिक तबरबाट समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
वैदेशिक हस्तक्षेप विरुद्ध आफुहरुको विरोध र्याली निरन्तर जारी रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति प्रमोद बरालले बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु,नेवि संघका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार