362
Shares
सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा घाँस काट्न गएका एक बृद्धको रुखबाट लडेर ज्यान गएको छ।लालबन्दी नगरपालिका १ नवलपुर स्थित बुढाथोकी टोलका अन्दाजी वर्ष ७२ छत्र बहादुर कार्की आफ्नै बारीमा घाँस काट्न गई इपिलको रुखमा चढि घाँस झार्ने क्रममा अचानक रुखबाट लडी घाईते भएका र उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रुखबाट लडेर घाईते भएका कार्कीलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको भएपनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।