सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक “सी”डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।काठमाण्डौँको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार भएको प्रतियोगीतामा रानीवन स्पोर्टस क्लबलाई ३–१ ले पराजीत गर्दै बागमती युवा क्लब सर्लाही सहिद स्मारक “सी”डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
बागमतीलाई सहिद स्मारक “सी”डिभिजन लिगको शीर्ष स्थानमा पुर्याउन बागमतीका दीपेश राईले दुई र सिर्जन राज गौतमले एक गोल गरेका बागमती नगरपालिकाको खेलकुद विकास संयोजक एवम बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार रानीवन स्पोर्टस क्लबलाई ३–१ ले पराजीत गरेको बामगतीले सात खेलमा १६ अंक जोडेको छ ।
विष्णु चौधरीले एक गोल फर्काएपनि पराजित बनेको रानीवन सामन खेलबाट ६ अंकका साथ १२ औं स्थानमा रहेको छ।खेलको ४८ औं मिनेटमा राईको गोलबाट खाता खोलेको बागमतीले विमल घिसिङको पासलाई सुदुपयोग राई,घिसिङ र गौतमको संयुक्त प्रयासबाट अग्रता सुरु गरेको बागमती युवा क्लबका सचिव कुमार प्रधानले बताए ।उनका अनुसार बागमतीका राईले ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रात दोब्बर बनाए ।बागमतीका अभिषेक लामाको प्रहारलाई रानीवनका गोलकिपर डेनिस थापाले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई बागमती कै राईले सहजै जाली चुमाए ।
रानीवनका चौधरीले ८३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रानीवनलाई खेलमा फर्काउने प्रयास गरेका भएपनि रानीवनको प्रयास यतिमै सिमित भयो भने इन्जुरी समयमा बागमतीका गौतमले अर्काे गोल गर्दै बागमतीलाई ३–१ को जित दिलाएका हुन ।
मोफसलमा रहेर व्यावसायी फुटबल खेली रहेको बागमती युवा क्लबले करिब आधा दर्जन “ए”डिभिजन लिगका क्लबहरुलाई पराजीत गरि सकेको बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।उनका अनुसार देशका विभिन्न स्थानहरुमा भएका फुटबल प्रतियोगीताहरुमा शानदार प्रस्तुती गरेको बागमती युवा क्लबले आफ्नै खेल मैदान, महिला पुरुष स्पोर्ट एकेडेमीका साथै नियमित प्रतियोगीता गरि रहेको छ ।