सर्लाहीमा सादा पोशाकमा प्रहरी कर्माचारीहरु परिचलान गरि कमिसन असुली बढेको गुनासाहरु आउन थालेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक दयानिधि ज्ञवाली आएपछि आधा दर्जन शादा पोशाकका प्रहरी कर्माचारीहरु परिचालन गरि असुली सुरु भएको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी निरिक्षक भई सोह्खुट्टेको प्रमुख सम्हालेको समयमा हप्ते असुलीमा लागेका,प्रहरी नायव उपरीक्षक हुँदा ललितपुर प्रहरी परिसर जावलाखेलमा अपराधिक गतिविधिमा संलग्नहरुसँग साँठगाँठ र उठबस गरेपछि कार्बाहीमा समेत परेका प्रहरी उपरिक्षक ज्ञवालीको सर्लाही आवागमनसंगै तस्करीको लाईन मिलाउन र असुली चलाउन सई देखि जवान सम्म परिचाल न गरिएको प्रहरी स्रोतको दाबी छ ।
उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुख भएर आएको एक महिना पनि नभएको भएपनि छ जना प्रहरी अधिकारीहरुलाई शादा पोशाकमा परिचालन गरेका पाइएको छ ।सई मोहन यादव(राउत)लाई जिल्लाको पश्चीम क्षेत्र,असई तेजनारायण यादव, विवादित निलम्बीत असई नरेश साह,हबल्दार विजय यादव,बचचा लाल यादव र जवान धर्मेन्द्र यादव गरी छ जनालाई जिल्लाको पुर्वी तथा सबै क्षेत्र हेर्ने गरी शादा पोशाकमा परिचालन गरिएको पाइएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट शादा पोशाकमा खटिएका सहायक हबल्दार ध्रुव यादव र सुनिल ठाकुरका साथै सर्लाही,रौतहट,बारा र पर्साका लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएका अस्थायी प्रहरी चौकी गण्डकका असई प्रमोद सिंहलाई जिल्लाबाट खटिएका शादा पोशाकका घुमुवा प्रहरी कर्माचारीहरुले असुलीमा सहयोग गर्ने एक प्रहरी अधिकारीले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी यज्ञ विनोद पोख्रेलले आफुहरुलाई कमिसन असुलीका लागि पठाएको बताउँदै असई सिंह,सहायक हबल्दार यादव र जवान ठाकुरले डिआईजी सात महिना मात्रै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा बस्ने भएकाले सकेको कमिसन उठाएर ल्याउ भनेका समेत बताउँदै असुली चलाउन थालेका पाइएको छ ।यसरी प्रहरी कर्माचारीहरु नै प्रहरी संगठनको नीति विपरित शाखा पोशाकमा खटेर कमिसन असुल्ने तयारी गरेपछि तस्करहरु सल्बलाउन थालेका छन् ।
प्रहरी संगठनको नीतिमा घुमुवा वा सादा पोशाकमा प्रहरी परिचालन गर्न नपाइने भएपनि प्रहरी उपरिक्षक ज्ञवालीले छ जनालाई मुख्य घुमुवा राखेपछि प्रहरी उपरीक्षक नरेश राज सुवेदी र प्रवीण धिताल सर्लाहीमा रहँदा कुना पसेका तस्करहरु फेरी हौसिन थालेका छन्।प्रहरी उपरीक्षक सुवेदी र धितालले जो प्रहरी प्रमुख सर्लाही आए पनि सर्लाहीमा लाइन मिलाएर कमिसन असुलीमा लाग्छन् भन्ने रेकर्ड तोडेर तस्करहरुलाई कुना पस्न बाध्य बनाएका थिए तर प्रहरी उपरीक्षक ज्ञवाली सर्लाही आएपछि ती तस्करहरु फेरि सल्बलाउन थालेका हुन् ।
नेपाल सरकारका उप प्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले तस्करी रोक्न भन्दै मधेश प्रदेशको सुरक्षा बैठकमा कडा निर्देशन दिएका भए पनि मधेश प्रदेशका कुनै पनि नाकामा तस्करी रोकिएको छैन । सर्लाहीको पुर्व संग्रामपुरदेखि पश्चीम छतौना सम्मको नाकाबाट भारतीय सामग्रीहरू रड, कपडा,सिमेन्ट,चिनी,तेल,चामल,मलखाद्य,धान,आलुप्याजका साथै स्पेयर पार्टस्,कुखुरा,कुखुराका चल्ला,अण्डा तथा किरानाका सामानहरुका साथै सुर्तीजन्य पदार्थहरु तस्करहरुले नेपाल ल्याउने र नेपालबाट सुपारी,मरिच,मदिरा,अलैंची,चाइनिज इलेक्ट्रोनिक सामग्रीहरू,कस्मेटिकका साथै गिट्टी र बालुवा भारत तर्फ पुर्याउने गरेका थिए ।
तस्करहरूले दिनहुँ खुलेआम भारतीय सामग्रीहरू अवैध रुपमा नेपाल भित्र्याउने र यताबाट भारततर्फ निकासी गर्ने गर्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैँया राजश्व चुहावट हुने गरेको छ।तस्करहरुले तस्करीको सामानहरू जिल्लाको लालबन्दी,हरिवन,बयलवास र बरहथवाका साथै सिन्धुली,रामेछाप,दोलखा र काठमाडौं सम्म पुर्याउने गरेका व्यापारीहरुले नै बताएका छन्।जिल्लाका होटलहरु,मदिरा भट्टी,नदीजन्य पदार्थ र जिल्लाका गोरु बजारहरुका साथै खसी बाख्रा बजारबाट समेत प्रहरी उपरिक्षक ज्ञवालीको निर्देशनमा कमिसन असुली सुरु हुने भएको स्रोतको दाबी छ।उनले “जिल्लाका तस्करहरुलाई भेटेर समाचारहरु आउन थालेका छन् । समस्या नहोस मिलाएर काम गर्नु भनेका छन् ।” प्रहरी स्रोतको भनाई छ ।