सर्लाहीमा छ वटा पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका सहित बसबरिया,कौडेना,विष्णु,पर्सा र रामनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मलंगवा नगरपालिकामा मन्त्रालयमै कार्यरत उपसचिव गणेश तामाङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।त्यस्तै सबरिया गाउँपालिकामा धनन्जय प्रसाद दास,कौडेना गाउँपालिकामा कृष्णदेव राय,धनकौल गाउँपालिकामा संजीव साह,विष्णु गाउँपालिकामा ओशो कर्ण,पर्सा गाउँपालिकामा अखिलेश्वर कर्ण र रामनगर गाउँपालिकामा दीपेन्द्र प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले खटाएको हो ।यस्तै सामान्य प्रशासन मन्त्रालयले भर्खरै तालिम प्राप्त गरेर दिक्षित भएका सय जना शाखा अधिकृतलाई विभिन्न पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउँदा सर्लाहीमा पनि पाँच पालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।
यि पाँच पालिका यसअघि स्वास्थ्य र शिक्षालगायत अन्य शाखाका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर चलाएका थिए ।प्रायःपालिकाहरुमा आफू निकटका जुनसुकै शाखाका कर्मचारीहरुलाई निमित्त बनाएर काम गराउने र सरुवा भएर आएका प्रशासन समूहका अधिकृतलाई हाजिर नै नगराउने परिपाटी चल्दै आएको थियो ।केही दिनपहिला जिल्लाको चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत वकिल प्रसाद पाल हाजिर भएका थिए ।जिल्लाको कविलासि नगरपालिकामा अहिले पनि प्राविधिक तर्फका कर्माचारीहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरि रहेका छन् ।