३३ वर्षपछि हरिपुर र बरहथवाको गाउँ ब्लकबासीले पाए जग्गाधनी पुर्जा(लालपुर्जा)

279 Shares

सर्लाहीको हरिपुर र बरहथवा नगरपालिकाका ९२ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको छ ।वर्षौंदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएका हरिपुर र बरहथवा नगरपालिकाका ९२ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको हो ।बरहथवा नगरपालिका ११ हीरापुर र बरहथवा नगरपालिका १३ लौकठका ५३ परिवारलाई सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमै बोलाएर पुर्जा हस्तान्तरण गरिएको कार्यालय प्रमुख संजय मानन्धरले जानकारी दिए ।उनका अनुसार बरहथवामा केही महिनाअघि वितरण गर्दा छुट भएका परिवारलाई आज(मंगलबार) पुन जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको हो ।
त्यसैगरी हरिपुर नगरपालिका २ कछडिया टोल, हरिपुर नगरपालिका ७ को चिताइन र पचगछिया टोल र हरिपुर नगरपालिका ८ को जगतपुर तथा हात्तीसारका ३९ परिवारलाई हरिपुर नगरपालिकाको सभा हलमा एक कार्यक्रम गरी जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण वितरण गरिएको भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले जानकारी दए ।हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियार,नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर,मालपोत कार्यालय मलंगवाका प्रमुख यादव लगायत हरिपुर नगरपालिका २ का वडा अध्यक्ष निलबिक्रम थापा,हरिपुर नगरपालिका ७ का वडा अध्यक्ष मनोजकुमार चौधरी, हरिपुर नगरपालिका ८ का वडा अध्यक्ष हरिबहादुर थापा र हरिपुर नगरपालिका ९ का वडा अध्यक्ष विश्वनाथ राय लगायतको विशेष उपस्थितिमा जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण वितरण गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीले जानकारी दए ।
वर्षौको प्रतिक्षापछि जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गर्दा स्थानीय खुसी भएका छन् । ३३ वर्षअघि नै नापी भएको जग्गाको जग्गाधनी पुर्जा(लालपुर्जा) पाउँदा अत्यन्त खुसी लागेको स्थानीयले बताएका छन् ।जग्गाधनी पुर्जा(लालपुर्जा) पाएपछि आर्थिक अवस्था नाजुक भएका स्थानीयले बैँकमा जग्गा धितो राखेर ऋण लिन पाउँछन् भने किनबेचमा पनि सहजता भएको छ ।

सम्बन्धित समाचार