इश्वरपुर ३ भक्तीपुरको सरस्वती मा.वि.को हिरक जयन्ती आजबाट

372 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुर स्थित रहेको सरस्वती मा.वि.भक्तिपुरले ६० औं वार्षिकोत्सव(हिरक)जयन्ती आजबाट मनाउने भएको छ।स्थापना भएको ६० वर्ष पुगेको अवसरमा इश्वरपुर नगरपालिका ३ भक्तिपुरको सरस्वती मा.वि.ले आजदेखि तीन दिन अर्थात २१ गते सम्म हीरक महोत्सव मनाइन लागेको इश्वरपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि प्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिस कुमार सिंहको प्रमुख आतिथ्यतामा हिरक महोत्सवको उद्धघाटन गरिने भएको छ।महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।  
उनका अनुसार महोत्सवको पहिलो दिन आज विशेष रूपमा भक्तिपुरमा प्रभातफेरी,शोभायात्रा,खेलकुद प्रतियोगिता र धार्मिक अनुष्ठान सहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ । दोस्रो दिन माघ २० गते मार्च पास,प्रवेशद्वार उद्घाटन,अतिथिहरूको सम्मान र लोक नृत्य प्रतियोगिता तथा तेस्रो अर्थात अन्तीम दिन सरस्वती पूजा,प्रसाद वितरण र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहने विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार