Close This

प्रास्वाके लालबन्दीलाई करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२० गते   २५९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब रु ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । हिमालयन केयर ह्याण््स नेदरल्याण र लालबन्दी नगरपालिका ९ मा रहेको जनजोती माविको ६२ ब्याचका विद्यार्थीहरुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी स्वासथ्य सामाग्री हस्तान्तरण गरिएको  हिमालयन केयर ह्याण््सका नेपाल प्रतिनिधि समिर खतिवडाले जानकारी दिनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि फिल्डमा अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई थोरै भएपनि राहत पुगोस भनेर आफुहरुले स्वास्थ्य सामाग्री सहयोग गरेको जनजोती माविको ६२ ब्याचका विद्यार्थी तथा कार्यक्रमका अगुवा किरण घिमिरले जानकारी दिनु भयो । 
 हिमालयन केयर ह्याण््स नेदरल्याणले पिपिई सेट,१० वटा,ग्राउन १० वटा,केएन ९५ मास्क १०० वटा,सर्जिकल मास्क ३० प्याकेट,फेस सिल्ड १०० वटा,स्यानिटाईनर ११० लिटर,सोडियम क्लोराईड १५० लिटर,ग्लोब्स ५ प्याकेट र अक्सिजन कन्सेन्टेटर मेसिन १ वटा साथै पिपिई सेट,१० वटा,ग्राउन १० वटा,केएन ९५ मास्क ३०० वटा,सर्जिकल मास्क ४० प्याकेट,फेस सिल्ड ३०० वटा,स्यानिटाईनर ११० लिटर,सोडियम क्लोराईड १५० लिटर र ग्लोब्स १० प्याकेट गरी करिब रु ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जनजोती मावि ६२ ब्याचका विद्यार्थी तथा कार्यक्रमका अगुवा राज कुमार सिंहले जानकारी दिनुभयो ।  आफुहरुले गरेको सानो सहयोगबाट अरु सहयोगी मनहरुको पनि ध्यानाकर्षण भएको ऋषिराम पौडेलले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको प्रांगणमा भएको स्वास्थय सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दकिा अध्यक्ष गोपाल घिमिरे,लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने,लालबन्दी नगरपालिका स्वासथ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडा, जनजोती माविको ६२ ब्याचका घिमिरे,सिंह,श्याम पौडेल,इश्वर दाहाल,दिपक आले,हिमालयन केयर ह्याण््स नेदरल्याणका नेपाल प्रतिनिधि खतिवडा,पौडेल लगायत प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech