यस वर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेकाे छ । बुधबार बिहान ११ बजेर ५१ मिनेटमा टिकाकाे मुख्य साईत रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जन गर्न १०:३५ बजेकाे साईत रहेकाे र देवी विसर्जन गरिसकेपछि साईत हेरी रहनु नपर्ने जनाएको छ ।
साेहि अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन मंगलबार महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैद्विक विधि अनुसार नेपाल बाल मन्दिरमा ९ जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् ।
यसैक्रममा उनले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिएकी शितल निवासले जनाएको छ ।