जसपा सर्लाहीद्वारा मलंगवामा लाठी जुलुस,अध्यक्ष यादव आफै अदालत उपस्थित हुने दाउमा

333 Shares

जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादव माथि लगाईएको मुद्धा फिर्ताको माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आयोजनामा सर्लाह्ी सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ।जसपा नेपाल मधेश प्रदेश अध्यक्ष यादवमाथि प्रहरीले झुठा मुद्धा लगाएको भन्दै जसपा सर्लाहीले निरन्तर विरोधका कार्यक्रमहरु गरी रहेको छ ।
२०८२ असार १९ गते राती जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्कालाई फोन मार्फत“अपशब्द”प्रयोग गरेपछि फरार भएका जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष यादवलाई प्रहरीले झुटो मुद्धा दायर गरेर फसाउने षड्यन्त्र गरेको भन्दै जसपा नेपाल सर्लाहीले आफ्ना विरोधका कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गरी रहेको जसपा सर्लाहीले जनाएको छ ।
 प्रहरी उपरिक्षक खड्कालाई फोन मार्फत“अपशब्द”प्रयोग गरेपछि जसपा मधेशका अध्यक्ष यादव विरुद्ध सर्लाही जिल्ला अदालतबाट असार २० गते शुक्रबार आपराधिक उपद्रव सम्बन्धी कसुरमा  पक्राउ पुर्जी जारी भएको थियो ।पुर्वाधार विकास कार्यालय सर्लाहीले असार १३ गते शान्ति सुरक्षाको प्रबन्ध गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा माग गरेको सोही अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा दिँदा उक्त विवाद उत्पन्न भएको थियो ।
जसको विरोध स्वरुप जसपा सर्लाहीले मलंगवा नगर परिक्रमा गर्ने क्रममा प्रदर्शनमा सहभागिहरुले जसपा मधेशका अध्यक्ष यादवमाथि प्रहरीद्वारा लगाइएको मुद्धा खारेजी गर्नुपर्ने, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी एवम प्रहरी उपरीक्षक खड्कामाथि कारबाही गर्नुपर्ने लगायत विभिन्न नाराबाजी गरेका थिए।प्रदर्शनका सहभागिले लाठी,झाडु,कुचो लगायत समेत प्रदर्शन गरेका छन् ।जसपा मधेशका अध्यक्ष यादवमाथि षडयन्त्रपूर्वक दमनको शैलीमा मुद्धा दर्ता गरिएको र उक्त मुद्धा फिर्ता नलिएको भन्दै जसपा सर्लाहीले पटक–पटक आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ । जसपा सर्लाहीले यसअघि दुईदिन सदरमुकाम मलंगवा बन्द समेत गराएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेशका अध्यक्ष यादव आफेँ अदालतमा उपस्थित हुने बताएका छन् ।कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै जसपा मधेशका अध्यक्ष यादवले आफु छोराको उपचारमा खटिएको र प्रहरीले भने झैँ फरार नभएको र केही दिनमा आफैँ न्यायलय जाने बताए ।आन्दोलनकै बिच कार्यकर्ताको नाराबाजीसहित जसपा मधेशका अध्यक्ष यादवलाई अदालतमा उपस्थित गराउने आफूहरुको तयारी रहेको जसपा सर्लाहीले जनाएको छ ।
पुर्वाधार विकास कार्यालय सर्लाहीलाई सुरक्षा दिएको विषयमा जसपा मधेशका अध्यक्ष यादव र प्रहरी उपरिक्षक खड्का विच फोन सम्वादमा विवाद भएको थियो ।त्यसपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादवलाई नियन्त्रणमा लिन उनको गाउँ कबिलासी नगरपालिका १० मा प्रहरी पठाउँदा प्रहरी र स्थानीयबिच झडप हुँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीको ना १ झ १२८१ नम्बरको गाडीमा क्षति पुगेको थियो ।त्यसपछि फरार भएका जसपा मधेशका अध्यक्ष यादवलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले दाबी गरेपनि जसपा मधेशका अध्यक्ष यादव भारतको विहारका विभिन्न स्थानमा बसी सञ्चारकर्मीहरुसंग भेटघाट जारी राखेका भएपनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन् ।
जिल्ला भित्रका सम्पूर्ण प्रहरी युनिटलाई सतर्क र उच्च निगरानीमा राखिएको र जहाँ देखिए पनि जसपा मधेशका अध्यक्ष यादवलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको भएपनि घटना घटेको करिब २० दिन हुँदा समेत उनलाई नियन्त्रणमा लिन नसक्नु प्रहरीको कमिकमजोरी देखिने स्थानीय जानकारहरु बताउँछन् । जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष यादव यादवले जिल्लामा विगत केही वर्षदेखि जिल्लामा दादागिरी गर्दै आएका केही स्थानीय बताउँछन् ।
यता,जसपा नेपाल मधेश प्रदेश अध्यक्ष यादवले आफूमाथि षडयन्त्र भएको बताउँदै आएका छन् ।सर्लाही जिल्ला अदालत मलंगवाले अपराधी उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष यादवको उक्त प्रतिकृया दिएका हुन।साथै उनले समय समयमा मधेश टुक्रिन्छ जस्ता जवाफहरु दिएका छन् ।

सम्बन्धित समाचार