देशभरका करदाता सेवा कार्यालयहरु खारेज

283 Shares

सरकारले देशभर रहेका करदाता सेवा कार्यालयहरू खारेज गरेको छ।आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै देशभरका करदाता सेवा कार्यालयहरु खारेज गरेको जानकारी दिएको हो।जसमा करदाता सेवा कार्यालय सिन्धुली सहित सर्लाहीको लालबन्दी र मलंगवामा रहेका करदाता सेवा कार्यालयहरु पनि खारेज भएका छन् ।
विभागका अनुसार अबदेखि स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका करसम्बन्धी सेवाहरू स्थानीय तहमार्फत प्रदान गरिनेछ।यसअघि यस्ता सेवाहरू करदाता सेवा कार्यालयहरु मार्फत मात्र उपलब्ध हुने व्यवस्था रहेको थियो।“स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।” विभागले जारी गरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै,कर भुक्तानी,कर चुक्ता प्रमाणपत्र लगायतका अन्य सेवा भने अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।यो कदम सेवा प्रवाहलाई स्थानीय तहसम्म पु¥याउन,कर प्रशासनलाई सरलीकृत बनाउन र डिजिटल प्रणालीलाई प्रभावकारी बनाउन उठाइएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार