फाैदसिहकाे भवन हस्तान्तरण

2.9k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा रहेकाे  फाैदसिह जनता माविकाे भवन हस्तान्तरण भएको छ । लालबन्दी नगरपालिका १७ मा रहेकाे फाैदसिह माविकाे भवन भारतिय सरकारकाे आर्थिक सहयाेगमा निर्माण गरिएको थियाे ।
भारतिय बाणिज्य महादुतावास विरगन्जकाे  रु ७४ लाख आर्थिक सहयाेगमा  निर्माण भएको विद्यालय भवन शनिबार हस्तान्तरण गरिएको हाे । आर्थिक वर्ष २०६२/०६३ बाट निर्माण सुरु भएको विद्यालय भवन आर्थिक वर्ष २०७८/०७९  मा निर्माण सम्पन्न भएको हाे । १४ काेठा २ तला भएको भवनकाे शनिबार भारतिय बाणिज्य महादुतावास विरगन्जका दुत नितेश कुमारले एक कार्यक्रमबा विच मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशाेर साह,प्रदेश सभा सदस्य बेचि लुङ्गेली,सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम र लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारीकाे राेहबरमा विद्यालयलाई भवन हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक मीन बहादुर पुर्वछाने मगरले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार