Close This

सीमामा हुने तस्करी नै असइ यादवको हत्या प्रमुख कारण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२ गते   ११५३ पटक हेरिएको

सप्तरीमा प्रहरी सिपाहीबाट असइको हत्या भएको घटनाले सशस्त्र प्रहरीमा हलचल मच्चिएको छ ।  तराईमा कार्यरत घुस्याहा प्रहरीलाई तत्काल हटाउनुपर्ने आवश्यकता देखिन थालेकाे छ ।
जवान होमबहादुर खत्री र असइ सत्यनारायण यादवबीच विवाद हुँदा असइ यादवको हत्या गरिएको छानबिनमा खुलेको छ । दुवै जना बद्नाम थिए भने पटक–पटक कारबाही भोगेका शसस्त्र प्रहरी हुन् । उनीहरुलाई त्यहाँबाट सरुवा गराउन खोज्दा पनि नेताहरुले रोकेका थिए ।
सो घटनाको प्रमुख कारण सीमामा हुने तस्करी नै प्रमुख कारण देखिएकाे अनुसन्धानकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ । दुई खराब प्रहरीबीचको झगडा भए पनि संगठन त्यसबाट बद्नाम हुन पुगेको छ ।
यस्ता घटना रोक्न सशस्त्र प्रहरीले तराईमा जिल्लाहरूमा ‘स्वीप अप्रेसन’ चलाउने भएको छ । स्रोतका अनुसार तराईका जिल्लाहरुमा गोप्य टोली पठाएर तस्करीको लाइन खोल्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागिएको छ । शसस्त्र प्रहरी बल नम्बर ६ हे.क्वा गण सप्तरीका गणपति शसस्त्र प्रहरी  उपरीक्षक प्रदीप खड्काको कारण पनि सो घटना भएको शसस्त्र प्रहरी स्राेतले जनाएको छ ।                                 उनले पहिलेदेखि नै लाइन खोल्दै आएको समाचार आए पनि कारबाही हुनसकेको थिएन । सप्तरीको घटनापछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घुस्याहा प्रहरीहरुको सूची उतारेर उनीहरुलाई डाँडा कटाउने तयारी गरेका शसस्त्र प्रहरी स्राेतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech