प्रधानमन्त्री ओलीद्धारा कोरोना उपचार कोषलाई ७७ हजार २ सय ८० सहयोग

1.8k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ७७ हजार दुई सय ८० रुपैयाँ जम्मा गरेका छन् । उनले विहिबार उक्त रकम कोषमा जम्मा गर्न दिएको जनाइएको छ ।

त्यस्तै,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले ७० हजार ७ सय ३०, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ७० हजार ७ सय ३०, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ६७ हजार ३०, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लाल शंकर घिमिरेले ६४ हजार ७ सय २६,

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारीले ६५ हजार १ सय ४०, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले ६० हजार ६ सय ८०,प्रधानमन्त्रीका विशिष्ट चिकित्सकले ११ हजार २ सय ८८ रुपैयाँ कोषमा जम्मा गरेका छन् । योसँगै कोरोना कोषमा बिहीबारसम्म १ अर्ब ९१ करोड ५० लाख ४ हजार १ सय ९७ रुपैयाँ ८३ पैसा जम्मा भएको छ ।khabar.enewsnepali.com

सम्बन्धित समाचार