अभावमा मुसहर समुदायको परिवारलाई,त्याग र सम्र्पणका लागि सहिदको परिवारलाई सम्झनु जरुरी रहेको नेकपा(माओवादी केन्द्र)मा उप महासचिव एवम मधेश प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री मात्रृका यादवले आग्रह गरे।माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा मधेश प्रदेशको अधिवेशन उद्घाटन गर्न सर्लाहीको लालबन्दी आएका माओवादी केन्द्रका उप महासचिव एवम मधेश प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री यादवले नेता कार्यकर्ताहरुलाई यस्तो आग्रह गरेका हुन ।

उनले अब सबै जनवर्गिय मोर्चाहरुलाई सशक्त ढंगले परिचालन गर्दै आफ्नो हक र अधिकारको लागि फेरि लड्ने समय आएको समेत बताए।सहिदको रगतले ल्याएको यो गणतन्त्र खतरामा पर्नै शंकेत देखिएको भन्दै माओवादी केन्द्र सहित परिवर्तनशिल शक्तिहरु मिलेर संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको रक्षाका लागि माओवादी केन्द्रको नेतृत्वमा लड्न तयार हुनु पर्ने समेत माओवादी केन्द्रका उप महासचिव एवम मधेश प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री यादवले बताए ।

मगर राष्ट्रिय मुक्ति मोर्चा मधेश प्रदेशका अध्यक्ष यम बहादुर खपाङ्गीको अध्यक्षता एवममाओवादी केन्द्रका उप महासचिव एवम मधेश प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रिय अध्यक्ष दिपक घर्ती मगर,माओवादी केन्द्रका सर्लाहीका ईन्चार्ज अच्युतम प्रसाद काफ्ले र मोर्चाका केन्द्रिय उपाध्यक्ष टीका दर्लामी मगर लगायतको विशेष उपस्थिति रहेको माओवादी केन्द्र लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्गा मगरले जानकारी दिए ।

उनका अनुसार अधिवेशनले गंगा बलम्पाकी नगरको अध्यक्षतामा ३५ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा मधेश प्रदेश चयन गरेको छ ।कमिटिको उपा अध्यक्षमा दुर्गा आले मगर,लिला राना मगर र प्रकास जर्गा मगर,सचिवमा दिल बहादुर किङरिङ मगर,कोषाध्यक्षमा सुमित्रा लुङ्गेली मगर र सहसचिवमा दिल बहादुर आले मगर लगायत अन्य सदस्यहरु चयनभएका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशको इन्चार्जमा माओवादी केन्द्रका उप महासचिव एवम मधेश पुर्व मन्त्री यादव आए लगतै पार्टीका जनवर्गिय संगठनहरुलाई सक्रिय बनाउने काम सुरु भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।