गरिमाको बलात्कार पछि हत्या भएको घटनाका दोषीलाई कडा कार्वाहीको माग गर्दै लालबन्दीमा दवाव र्याली

349 Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुम्वासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कार्वाहीको  माग गर्दै सर्लाहीको लालबन्दीका विभिन्न संस्थाहरुले दवावमुलक विरोध प्रदर्शन गरेका छन्।गरिमालाई न्यायको माँग गर्दै लालबन्दी नगरपालिका भित्र रहेका विभिन्न पाँच वटा संस्थाहरुले शान्तिपूर्ण दवाव र्याली निकालिएको हो। 
लालबन्दीको आज्र्यामा मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर,जेसिज लालबन्दी,उद्योग बाणिज्य संघ लालबन्दी,नेपाल सून चाँदी व्यवासायी संघ लालबन्दी,साथी समृद्धि कोष,हिमावती नेपाल र नेपाल कपडा तथा सिचाई व्यवसायी महासंघ लालबन्दीको संयुक्त आयोजनामा  शान्तिपूर्ण दवाव ¥याली निकालिएको मुख्य आयोजक आज्र्यामा मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर लालबन्दीकी सञ्चालिका रन्जना छत्कुली (भट्टराई)ले बताईन् ।
उनका अनुसार लालबन्दी नगरपालिका–६ को जनवादी चोकदेखि लालबन्दी नगरपालिका–७ को डुमडुमे सम्म “न्याय पाउन गरिमा,सुरक्षित बनोस समाज“गरिमालाई न्याय दे”भन्दै शान्तिपूर्ण दवाव ¥याली निकालिएको हो। 

प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर“गरिमा बहिनीलाई न्याय दे,बालेन सरकार न्याय दे,गृहमन्त्री न्याय दे,हत्यारालाई कारबाही गर,बलात्कारीलाई फाँसी दे, राजनीतिक सम्झौता चल्दैन,पीडित परिवारलाई न्याय दे,नारीमाथिको अन्याय बन्द गर र नारीमाथिको हिंसा सहँदैनौँ।”लगायतका नारा लगाएका अभियानका सह आयोजक जेसीज लालबन्दीका अध्यक्ष उत्सव वनले बताए ।
उनका अनुसार गरिमाको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कार्बाहीको माग गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै शान्तिपूर्ण दवाव ¥याली निकालिएको हो।देशमा भ्रष्टाचार अन्त्य,सुशासन र नागरिकको सुरक्षाको अपेक्षा गरिए पनि बालिका तथा महिलामाथि हुने हिंसाका घटनामा पीडित परिवारले न्याय पाउन नसकेको भन्दै कार्यक्रममा सहभागी भएकी प्रदेश सभा सदस्य बेची लुङ्गेलीले बताईन् ।उनले जघन्य अपराधहरु हुन नदिन सबै तहबाट पहल कदमी गर्नु पर्ने,अपराधिहरु सजिलै उम्कन नसक्ने वातावरण बनाउन,सामाजिक मुल्य, मान्यताहरुलाई जोगाई राख्न भन्दै कार्यक्रममा सहभागी भएको बताईन् ।“गरिमा बहिनीलाई न्याय दिनुपर्छ,सरकार र गृहमन्त्री सुदन गुरुङले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ।अन्यथा हामी थप कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।”शान्तिपूर्ण दवाव ¥याली पछिको कोण सभामा बोल्ने युवाहरुले बताए ।
साउन ३१ गते आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी गरिमाको शव घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको एक खाली घरमा तीन दिनपछि मंगलबार साँझ फेला परेको थियो।खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तालिमप्राप्त कुकुरसहित परिचालन भएको प्रहरी टोलीले खोजतलास गर्दा कपडामा पोको पारिएको अवस्थामा बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो।घटनापछि स्थानीयस्तरमा आक्रोश बढ्दै गएको छ।पीडित परिवार र प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सम्बन्धित समाचार