ठूलो मात्रामा सोफी रक्सी सहित २ वटा सवारी साधन र ३ जना मानिस नियन्त्रणमा

173 Shares

सर्लाहीको बलराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो मात्रामा सोफी रक्सी सहित तीन जना मानिस र दुुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ।बलरा नगरपालिका–३  लक्ष्मिपुर स्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै अबैध रुपमा मदिरा ओसार–पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालय गडहिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)छतौनाबाट खटिएको संयुक्त टोलीले तीन जना मानिस सहित दुई वटा सवारी साधन र करिब सवा दुई लाखको सोफी रक्सी बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार अभिनभ डिष्टिलरी उद्योग धनकौलको उत्पादन,शारदा डिष्टिलरी उद्योग सिरहाको उत्पादन,नेपाल लिक्युड प्रा.लि मोरङको उत्पादन,सागर डिष्टिलरी उद्योग नवलपरासीको उत्पादन,टाईगर वेभरेज इण्डष्ट्रिज प्रा.लि रुपन्देहीको उत्पादन र धनुषा डिष्टिलरी उद्योग जनकपुरको उत्पादनका सोफी रक्सी गरी कुल रु दुई लाख १५ हजार सात सय ५० बराबरको साथै प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको पिकअपका चालक धनकौल गाउँपालिका–१ का अन्दाजी वर्ष ३१ का राज कुमार महतो र प्रदेश २–०३–००१ च ५६६८ नम्बरको पिकअप भेन र उत्त सोफीका मालिक बलरा नगरपालिका–३ लक्ष्मीपुरका अन्दाजी वर्ष ३७ का ज्ञानेन्द्र झालाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई वटा सवारी साधन र ठूलो मात्रामा रक्सी बरामद् गरेको साथै तीन जना मानिस नियन्त्रणमा लिएको भएपनि नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा एउटा सवारी साधन र दुई जना मानिस तथा करिब सवा दुई लाखको सोफी रक्सी मात्रै खुलाएको छ।दुई वटा सवारी साधन भएपनि एउटा सवारी साधनको चालकको विवरण खुलाईएको छैन् भने एउटा सवारी साधनको मुल्य समेत लेखिएको छैन् ।पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रबाट हुने गैर कानूनी कार्यमा सर्लाहीका सुरक्षाकर्मीहरु सक्रिय भएर लाग्दा भन्सार छली तथा लुकाई छिपाई आयात निर्यात हुने माल वस्तुहरु धमाधम नियन्त्रणमा आई रहेका छन् ।

सम्बन्धित समाचार