मधेश प्रदेश अन्र्तगत सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी घरविदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक श्यामबाबु यादवलाई दशौ आएको छ । गणपति भण्डारी विदामा बसेको समयमा सशस्त्र प्रहरी निरिक्षक यादवले करिब एक दर्जन घुमुवा परिचालन गरेर राम्रो कमिसन असुल्ने गरेका पाइएको हो ।
सशस्त्र प्रहरी निरिक्षक यादवले सहायक हबल्दार रोशन यादव,सुरेन्द्र महतो,टंक अधिकारी,श्याम पण्डीतका साथै जवान राकेश चौधरी,उमेश यादव,रामाकान्त महतो,सुजित ठाकुरलाई प्रयोग गरि चर्काे कमिसन असुल्ने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए ।
उनका अनुसार कर्माचारीहरुलाई सशस्त्र प्रहरी निरिक्षक यादवले विभिन्न मालदार पोष्टहरुमा खटाएर त्यहाँबाट कमिसन असुल्ने गरेका हुन । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(विओपी)बहादुरपुरमा सहायक हबल्दार रोशन यादव, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(विओपी)त्रिभुवननगरमा सहायक हबल्दार सुरेन्द्र महतो,सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(विओपी)बारामा सहायक हबल्दार टंक अधिकारी,सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(विओपी)संग्रामपुरमा जवान राकेश चौधरी र श्याम पण्डीत,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुष्मारामा जवान उमेश यादव,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चोहर्वामा जवान रामाकान्त महतो र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(विओपी)छतौनामा सुजित ठाकुरलाई खटाएर त्यहाँबाट चर्काे कमिसन असुल्ने गरेका सशस्त्र प्रहरी अधिकारीले जानकारी दिए ।
प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका सशस्त्र प्रहरी नायव उपरिक्षक विल बहादुर फोजुले आफैँले व्यापारीहरु र मातहतका सशस्त्र प्रहरी युनिटहरुसंग कमिसन असुल्ने गरेका छन् । उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भण्डारीको नाममा समेत कमिसन असुल्ने गरेका पाइएको छ ।
जिल्लाको विओपी संग्रामपुर,त्रिभुवननगर,मलंगवा,बारा उद्योरण,खुटौना र छतौनाबाट हाल भन्सार छलीका सामानहरु ओसार पसार भई रहेको र जिल्लाका विओपी,वेश तथा गुल्मबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भण्डारीको नाममा सशस्त्र प्रहरी निरिक्षक यादवले मासिक करिब रु ७ लाख कमिसन असुल्ने गरेका ती सशस्त्र प्रहरी अधिकारीले बताए ।
सादा पोशाकमा घुमुवा परिचालन गर्न रोक लागेको भएपनि आफ्ना मान्छेहरुलाई विओपी,वेश र गुल्महरुमा पठाएर सशस्त्र प्रहरी निरिक्षक यादवले कमिसन असुली चलाएका भएपनि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भण्डारी र मधेश प्रदेश छिन्नमस्ता बाहिनिका बाहिनिपति डिआईजी दिपेन्द्र कुमार साह वेखबर देखिएका छन् ।
सो विषयमा बुझ्न सशस्त्र प्रहरी निरिक्षक यादवलाई फोन गर्दा उनले तपाईको कुरा के हो अफिसमा आएर भेटेर गर्नुस् भन्दै फोनमा कुरा गर्न चाहेनन् । यसबाट पनि उनको कमाण्डमा रहेको सशस्त्र प्रहरी अधिकारीहरुको टिमले चर्काे कमिसन असुल्ने गरेको प्रष्ट हुन्छ ।