इश्वरपुर ३ को भक्तिपुर मा.वि. का बालबालिकालाई जुत्ता वितरण

1.3k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ३, भक्तिपुर स्थित रहेको सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीलाई २ सय ५० जोर जुत्ता वितरण गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय,विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त जुत्ता चिसोबाट प्रभावित भइरहेका विपन्न बालबालिकालाई वितरण गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गौतमको रोहबरमा बालबालिकालाई जुत्ता वितरण गरिएको हो ।
कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, शिक्षा शाखाका उप–सचिव हरि दाहाल र विद्यालयका प्रधानाध्यापक सीताराम दाहाल लगायतको उपस्थिति रहेको इश्वरपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

सम्बन्धित समाचार