गाँजा सहित श्रेष्ठ र खैरो हिरोइन सहित अन्य २ जना पक्राउ

310 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ बाट प्रहरीले अन्दाजी ३८ किलो भन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका ६ स्थित शिव मन्दिरबाट अन्दाजी ३८ किलो आठ सय ९० ग्राम गाँजा सहित हरिवन नगरपालिका १, पटौनाका अन्दाजी ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
कार्यालयका अनुसार  विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले सोमबार बिहान करिब ५ बजे लालबन्दी नगरपालिका ६ स्थित शिव मन्दिरबाट अन्दाजी ३८ किलो आठ सय ९० ग्राम गाँजा सहित श्रेष्ठलाई पक्राउ गरेको हो।
लखन्देही खोलाको भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्वरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो ।प्रहरीका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको छ ।पक्राउ परेका श्रेष्ठ अटोमा सवार रहेका थिए । मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khairo-Heroin-Baramad-photo.webp
त्यसैगरी,सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरबाट लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्रामपंचायत कोबरवाका अन्दाजी २२ वर्षीय तशिफ शेख र भारतकै सितामढी जिल्ला थाना बेला पंचायत लहुरिया १० खुर्साहाका अन्दाजी १९ वर्षीय फरहान राजालाई ११ दशमलव ९१ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।नेपाल भारत खुल्ला सीमानाका कारण लागु औषधको कारोबार बढेको आशंकाको आधारमा सर्लाही प्रहरीले लगायतर अप्रेसन जारी राखेको छ ।

सम्बन्धित समाचार