सर्लाहीको बागमती स्थित रहेको बागमती मनुष्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालयका निमित्त प्रमुख राम दुलारी शरण भगत र लेखापाल नन्दकिशोर महतो असुलीमा लिप्त रहेका पाइएको छ।केही दिन पहिला एउटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सो को विल पेश गरिएकोमा कार्यालयका निमित्त प्रमुख भगतले उक्त पत्रिकाका पत्रकारलाई कार्यालयमा बोलाइ लेखापाल महतोसंग भेट्न पठाएपछि र लेखापाल महतोले आन्तकरीक रुपमा काम गर्नु पर्ने भन्दै शंकेत गरेपछि बागमती मनुष्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालयलाई निमित्त प्रमुख भगत र लेखापाल महतोले असुलीको अखडा बनाएका पाइएको हो ।
उपभोक्ता समिति बनाएर स्टेटमेन्ट र सम्झौता नगरी काम गर्न लगाउने र पछि उपभोक्ता समितिलाई ट्याकमा पारेर दुख दिई कमिसन असुल्ने,आर्थिक अभाव देखाउँदै कर्मचारीहरुलाई राज्यले दिने नियमानुसारको सेवा सुविधा नदिने,जनकपुरबाट कार्यालय आउने जाने र इन्धनमा अस्वभाविक विल देखाई आर्थिक अनियमितता गर्ने, कार्यालयमा उप सचिवको दरबन्दी रहेको भएपनि राजनीतिक तथा माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पारेर इन्जिनियर भगतले निमित्तको रुपमा करिब डेढ वर्षदेखि काम गरि रहेका,उपभोक्ता समिति मार्फत रु १० लाखको कामको रु चार लाख सम्म कमिसन असुली आफ्नै खातामा हाल्ने लगाउने गरेका र उपभोक्ता समिति मार्फत कमिसन असुल्न पाउने भएकाले ठेक्का मार्फत कुनै काम नगराउने गरेका लगायतका विषय यस अघिपनि पटक पटक विषयहरु बाहिरि आएका थिए ।
त्यसका साथै कमिसनको आडमा स्थानीय दैनिक पत्रिकाहरुलाई वेवास्था गर्दै राष्ट्रिय दैनिक पत्रिकामा सूचनाहरु निकाल्ने,आयोजनाको स्तरोउन्नतीको काममा चरम लार्पबाही र मनोमानी गर्ने,सञ्चालित कामहरुको अनुगमनमा अरु कर्मचारीलाई लैजाँदा आफ्ना कर्तुतहरु थाहा पाउने भएकाले एक्लै जाने र उपभोक्ता समितिसंग साँठगाँठ गरी गुणस्तरहिन काम गर्ने,जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङ लमही १८ नम्बर कार्यालयमा ओभरसियर हुँदा बागमती मनुष्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालयका हालका निमित्त प्रमुख भगतलाई २०७३ सालमा रु ६५ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर सात वर्ष निलम्बनमा परी करिब दुई वर्ष पहिला निलब्वन फुकुवा गरेको थियो ।
खातामा अस्वभाविक रकम देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख भगतको खाता हालपनि छानविन गरी रहेको र उनी जवाफ दिन दौडि रहेका,उप सचिव नै आफ्नो दरवन्दीमा आउन खोजेपनि माथिल्लो निकायलाई राजनीतिक तथा आर्थिक प्रभावमा पारेर आउन नदिने गरेका,निमित्तले बढीमा छ महिना सम्म कार्यालय चलाउन मिल्ने भएपनि विगत करिब दुई वर्षदेखि भगतले निमित्त प्रमुखको रुपमा बागमती मनुष्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालय चलाई रहेका,केही दिन पहिला करिब रु ८० लाखको कामको ठेक्का आव्हान गरिएकोमा दुई वटा मात्रै फर्मले ठेक्का हालेकामा पुन ठेक्का आव्हान गर्नुपर्ने व्यवस्था विपरित सो नगरी कमिसन असुलेर आफ्नो पकेटका निर्माण उपभोक्ता समिति मार्फत लाईनिङ तथा पुलको काम सुरु भएको,अधिकांश सर्लाही तर्फको र केही रौतहट तर्फको कामको ठेक्का खुलेको र ठेकेदारहरुले कार्यालयमा आएर निमित्त कार्यालय प्रमुख भगतसंग सार्वजनिक खरिद नियमावली विपरित काम गराउन थालिएको भन्दै विवाद समेत गरेका,राष्ट्रियस्तर तथा स्थानीय स्तरका पत्रपत्रिकाहरुमा सूचना प्रकाशन गर्दापनि निमित्त कार्यालय प्रमुख भगतले आफैँ कमिसन माग्ने र आफैँ माग्न केही समस्या जस्तो देखिएमा लेखापाल महतो मार्फत कमिसन असुलीको काम हुने गरेको साथै कमिसन नआए विज्ञापनको रकम समेत रोक्ने र अनावश्यक दुःख दिने गरेका समेत पाइएको छ।तर सो विषयमा जिज्ञासा राख्न निमित्त प्रमुख भगतले आफुलाई दुधले नुहाएको जवाफ दिए ।उनले बजेट विहिन कार्यालय भएकाले कार्यालय चलाउन नसकेको गुनासो सुनाए ।तर उनको भाषामा घुमाउरो असुलीको गन्ध आएको छ ।