बागमती युवा क्लब सर्लाही पाँचथर गोल्डकपको सेमिफाईनलमा प्रवेश

215 Shares

सर्लाहीको बागमती युवा क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।(आज)सोमबार भएको खेलमा पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा पराजित गर्दै बागमती युवा क्लब सर्लाही प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाको खेलकुल विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार खेलको निर्धारित समयमा गोलरहित बराबरी खेलेको बागमती युवा क्लब र मोरङबीच टाइब्रेकरमार्फत् नजिता निकालिएको हो ।ट्राइबेकरमा बागमती युवा क्लबले पथरीलाई ४–१ गोलअन्तरले पराजित गरेर अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
उनका अनुसार बागमती युवा क्लबका निर्मल बल,अनिल राना मगर,अभि लामा र देव गुरुङले गोल गरेका थिए भने पथरीका लागि निरोज परियारले मात्रै गोल गरेका हुन ।(आज)सोमबारको खेलमा बागमती युवा क्बलका गोलरक्षक चौंलागाँई म्यान अफ दि म्याच घोषित भएका आयोजकले जनाएको छ ।
भोली(मंगलबार)त्रिभुवन आर्मी क्लब काठमाडौं र हिल्स क्लब दार्जिलिङबीच पहिलो चरणको सेमिफाईनल खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।फिदिम माध्यामिक विद्यालयको चौथो संस्करण अन्र्तगतको प्रतियोगिता पाँचथर गोल्डप फुटवल प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी भएका छन् ।

सम्बन्धित समाचार