सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले छड्के अनुगमन गरेका छन् ।कार्यालयहरुको सेवा प्रवाह,कर्मचारीहरुको समय पालन,कार्यालय पोसाकको प्रयोग तथा प्रशासनिक व्यवस्थापनको स्थितिबारे जानकारी लिने र सुशासन कायम गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी सुवेदीले कार्यालयहरुको छड्के अनुगमन गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले मलंगवामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,स्वास्थ्य कार्यालय,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय र यातायात व्यवस्था कार्यालयको छड्के अनुगमन तथा निरीक्षण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।अनुगमनको क्रममा केही कार्यालयमा सेवाग्राहीहरुको चाप रहने समयमा समेत कर्मचारीहरु बिना सूचना वा पूर्वस्वीकृति कार्यालयमा अनुपस्थित रहेको,निर्धारित पोसाक नलगाएको, अनुशासनमा कमी भएको लगायतका कमजोरी देखिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
उनका अनुसार अनुगमन गरिएका कार्यालयका प्रमुखहरुलाई समयमा अनुपस्थित रहेका तथा तोकिएको कार्यालय पोसाक नलगाइ सेवामा खटिएका सम्वन्धित कर्मचारीहरुलाई तत्कालै नियमानुसार एक पटकका लागि स्पष्टीकरण सोध्न र भविष्यमा यस्ता गल्ती दोहो¥याएरमा प्रचलित कानून बमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।