सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित ताज गेस्ट हाउसमा झुन्डिएर आत्महत्या गरेकी भारतीय युवती आरती कुमारीको मृत्यु प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा हरिवन नगरपालिका १० निवासी अन्दाजी ३९ वर्षीय मो.सेराज रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए।उनका अनुसार मो.सेराजलाई बिहीबार आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अदातलतबाट सात दिनको म्याद समेत लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
घटनास्थलमा फेला परेको भारतीय आधार कार्ड र निर्वाचन आयोगको परिचयपत्रको आधारमा उनी भारतीय नागरिक रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अर्का एक जना फरार रहेका र उनको खोजी जारी रहेको छ ।