Close This

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेश दोस्रो अधिवेशन सम्पन्न,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१५ गते   २११ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको अध्यक्षमा चयन भएका छन् । महोत्तरीको बर्दिवासमा सम्पन्न दोस्रो अधिवेशनले सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष यादवको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पर्साको पर्टेवा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, सचिवमा सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो,सह–सचिवमा सर्लाहीको बसबरिया गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी र कोषाध्यक्षमा पर्साको विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया चयन भएका गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशले जनाएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षमा अधिवेशनको उद्घाटन गरी मधेश प्रदेश स्तरीय समिति चयन गरि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech